25.1 C
Kathmandu
Monday, May 4, 2026
Homeप्रवासजापानमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुग्यो, खोजी र उद्धार...

जापानमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुग्यो, खोजी र उद्धार चल्दै

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४८ जना पुगेको छ ।
इशिकावाको प्रकोप मुख्यालयले अहिलेसम्म ४८ जनाको शव प्राप्त भएको र खोजी कार्य चलिरहेको बताएको बीबीसीले जनाएको छ । झन्डै एक हजार उद्धारकर्ताले भूकम्पबाट ढलेका संरचनाको भग्नावशेषमुनि खोजी तथा उद्धारको काम गरिरहेका छन् ।

प्रधानमन्त्री फुमियो किशिदाले पत्रकार सम्मेलन गरेर खोज र उद्धारको काम चलिरहेको जानकारी गराउनुभएको छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसहित मन्त्रीहरू निलो रङ्गको पोसाकमा उपस्थित भएका थिए । जसको अर्थ सरकार सङ्कटसँग जुधिरहेको छ भन्ने हुन्छ ।

हिजो सोमवार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि सुनामीसमेत आएको छ । तर यति शक्तिशाली भूकम्पमा पनि जापानमा तुलनात्मक रूपमा कम क्षति भएको छ । जसको कारण जापानले सन् १९८१ मा लागू गरेको भवन निर्माण संहिता हो ।

हिजोको भूकम्पमा केही साना घरहरू भत्किए पनि ठूलो घर एउटा मात्रै भत्किएको र त्यो पनि सन् १९७१ मा बनेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

भर्खरै प्रकाशित

your adv here