24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeसमाचारतराईमा हुस्सु र कुहिरो, पहाडी भेगको तापक्रम निरन्तर घट्दै

तराईमा हुस्सु र कुहिरो, पहाडी भेगको तापक्रम निरन्तर घट्दै

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौं उपत्यकामा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । उपत्यका र आसपासका क्षेत्र तथा पहाडी भेगमा लागेको हुस्सु अब घाम लागेसँगै हटेर जाने मौसमविद् सञ्जिव अधिकारीले बताएका छन् । यस्तै तराईका धेरै भू–भागमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईमा आज दिउँसो अबेर घाम लाग्ने उनले बताएका छन् ।

नेपालको मौसममा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पानी पर्ने प्रणालीको विकास नभएकाले अझै केही दिन पानी नपर्ने मौसमविद् अधिकारीले बताएका छन् ।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज आंशिक बदली हुने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, बाग्मती प्रदेशका केही पहाडी स्थानमा दिउँसो आंशिक बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।

भर्खरै प्रकाशित

your adv here