24.1 C
Kathmandu
Saturday, October 24, 2026
Homeसमाचारनेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक भोलि र पर्सि काठमाडौंमा हुँदै

नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक भोलि र पर्सि काठमाडौंमा हुँदै

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक भोलि बिहीवार र पर्सि शुक्रवार काठमाडौंमा हुने भएको छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री एनपी साउद र सहअध्यक्षता भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र विभिन्न सहयोग तथा सम्झौताबारे समीक्षा गर्नेछ । मन्त्रालयले आज बुधवार एक विज्ञप्ति निकालेर भोलि र पर्सि हुने बैठकमा ऊर्जा, जलस्रोत, परराष्ट्र सम्बन्धलगायतका आपसी सहयोगका विभिन्न क्षेत्रहरूमा छलफल हुने जनाएको छ ।

बैठकका लागि भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौं आइपुग्ने तालिका रहेको छ । उनले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रीले उनको सम्मानमा रात्रिभोज पनि आयोजना गर्नेछन् ।

भर्खरै प्रकाशित

your adv here