22.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeसमाचारमेलम्ची खानेपानी मर्मतको काम ७० प्रतिशत सकियो

मेलम्ची खानेपानी मर्मतको काम ७० प्रतिशत सकियो

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सकिएको छ । बर्खामा बाढीले क्षति गरेको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भैरहेको छ ।

बाढीले सिन्धुपाल्चोकको हेलम्बु–१ अम्बाथानमा रहेको मुहानस्थलमा क्षति गरेपछि मेलम्चीको पानी आउन सकेको छैन । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरका अनुसार अब गर्नुपर्ने बाँकी काम केही कठिन छ । तर अबको १० दिनभित्र सक्ने गरी काम भैरहेको इञ्जिनियर कुँवरले जानकारी दिएका छन् । अहिले ४५ जना कामदारले काम गरिरहेका छन् ।

बाढीले हेडवर्क्सको संरचनालाई क्षति गरेपछि सुरुङमा पसेको ढुङ्गा, गिट्टी र बालुवा झिक्ने काम भैरहेको छ । बाँकी ३० प्रतिशत काम अबको १० दिनमा सकिए माघको पहिलो हप्ताभित्र काठमाडौंमा अस्थायीरुपमा पानी आइपुग्नेछ ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा मेलम्चीको पानी काठमाडौंमा निरन्तर झार्ने गरी काम भइरहेको बताएका छन् ।

भर्खरै प्रकाशित

your adv here