25.7 C
Kathmandu
Friday, April 17, 2026
Homeसमाचारकोशी, मधेस, बाग्मती र गण्डकीमा मौसम आंशिक बदली,तराईमा हुस्सु र कुहिरो

कोशी, मधेस, बाग्मती र गण्डकीमा मौसम आंशिक बदली,तराईमा हुस्सु र कुहिरो

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली भएको छ । तराईमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौं उपत्यकामा पनि बिहान हल्का हुस्सु र कुहिरो छ । दिउँसो सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहने अनुमान गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् ।

कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here