17.1 C
Kathmandu
Sunday, October 25, 2026
Homeसमाचारराष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशङ्करबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशङ्करबीच शिष्टाचार भेट

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकोमा जोड दिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए । उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गरेका छन् ।

भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनुभयो । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा. जयशङ्कर आज बिहान काठमाडौं आएका हुन ।

भर्खरै प्रकाशित

your adv here