19.1 C
Kathmandu
Friday, October 23, 2026
Homeसमाचारराष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि उम्मेदवारमाथिको उजुरीमा छानबिन हुँदै

राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि उम्मेदवारमाथिको उजुरीमा छानबिन हुँदै

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि दाबीविरोध र उजुरीमा छानबिन हुँदैछ ।

अस्ति मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध हिजो परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ । अस्ति ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । तीमध्ये दुई जना उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णुबहादुर विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

भट्टविरुद्ध अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा विकविरुद्ध प्रतिनिधि सभा सदस्यको बन्दसूचीमा नाम भएको उजुरी परेको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आउँदो माघ ११ गते मतदान हुनेछ । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहेका छन् ।

भर्खरै प्रकाशित

your adv here