13.1 C
Kathmandu
Friday, October 23, 2026
Homeसमाचारकोरोना सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन

कोरोना सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएका हुन ।

नेपालमा पहिलोपटक अस्ति ७ जनामा कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन वान पुष्टि भएको थियो । महाशाखाका निर्देशक डा. मरासिनीका अनुसार अन्य भेरियन्टको तुलनामा यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च छ । तर सङक्रमणबाट हुने जटिलता कम छ ।

सङ्क्रमित बिरामीको अणुवांशिक अध्ययन अर्थात् जिन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाउनसमेत अनुरोध गरिएको छ । स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्न सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न, भिडभाड हुने ठाउँ, मेला, भोज, पार्टीमा सतर्कता अपनाउन पनि भनेको छ ।

भर्खरै प्रकाशित

your adv here