20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदनेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा नामिबियालाई ६ रनले हरायो

नेपालको १९ वर्षमुनिको टोलीले अभ्यास खेलमा नामिबियालाई ६ रनले हरायो

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

नेपालको १९ वर्षमुनिको टोलीले दोस्रो अभ्यास खेलमा नामिबियालाई ६ रनले हराएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपालको यो लगातार दोस्रो जित हो ।

जितका लागि १ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको नामिबिया २९ ओभर ५ बलमा १ सय ३५ रनमा अल आउट भयो । नामिबियाका कप्तान बसिंग–वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । नेपालका गुलशन झा र आकाश चन्दले समान ३ विकेट लिए ।

दुर्गेश गुप्ताले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । वर्षाका कारण खेल ३० ओभरमा झारिएको थियो । नेपालका दीपक डुम्रेले सर्वाधिक ३२ रन बनाए ।

नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३५ रनले हराएको थियो । नेपालले भोलि स्कटल्यान्ड र मङ्गलवार वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ । माघ ५ गतेदेखि शुरु हुने १९ वर्षमुनिको विश्व कपमा नेपालले आफ्नो समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानसँग खेल्नेछ ।

भर्खरै प्रकाशित

your adv here