24.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeसमाचारबाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

बाग्मती, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । ती क्षेत्रमा मौसम आंशिक बदली छ । हिजो पूर्वका ताप्लेजुङ, दोलखालगायतका जिल्लाको पहाडी थोरै क्षेत्रमा हल्का वर्षा भएको थियो ।

आज पनि पूर्वी पहाडी क्षेत्रसहित बाग्मती, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, बाग्मती, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् ।

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली र बाँकी ठाउँमा सफा छ । आज पनि तराई मधेसका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ ।

भर्खरै प्रकाशित

your adv here