17.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeविषेश समाचारपहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात

पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परेको छ । पश्चिमी वायुको प्रभावले हिजो केही ठाउँमा हल्का पानी परेको र आज पनि पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिउँदमा ढिलै भए पनि फाट्टफुट्ट पानी परेपछि अब पानी पर्ने सम्भावना बढेको भन्दै किसान हर्षित भएका छन् । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातसमेत भएको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकाको भक्तपुर आसपास, दोलखा, सिन्धुपाल्चोक र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ ।

आज पनि केही ठाँउमा छिटफुट मात्र पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार दोलखाको कालिञ्चोक, सोलुुको लुक्ला, ताप्लेजुङ लगायतका उच्च पहाडी भेगमा हिमपात भएको छ ।

कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको छ । भोलिसम्म मौसम बदली हुने र केही ठाउँमा हल्का वर्षासँगै हिमपात हुने मौसमविदले बताएका छन् ।

मौसमविदका अनुसार देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सु र कुहिरो लाग्नाले चिसो अझै बढ्नेछ । यसपालिको हिउँद सकिन लाग्दा समेत हिमपात र हिउँदे वर्षा राम्रोसँग हुन सकेको छैन। गएका वर्षमा मङ्सिरमै हिमपात हुने गरेकोमा यसपालि माघको पहिलो हप्ता लागिसक्दा बल्ल केही ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात भएको हो ।

समयमै हिउँदे वर्षा र हिमपात नहुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रमा अन्नबालीमा असर पर्न थालेको छ भने हिमालहरू कलापत्थरमा परिणत हुँदै गएका छन् ।

भर्खरै प्रकाशित

your adv here