24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeमनोरन्जन‘कमेडी नाइट्स विथ च्याम्पियन्स’को बोर्ड मेम्बरमा दीपाश्री

‘कमेडी नाइट्स विथ च्याम्पियन्स’को बोर्ड मेम्बरमा दीपाश्री

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’मा दीपाश्री निरौला अध्यक्षको रूपमा रहँदै आएकी थिइन् । अहिले भने उनी बोर्ड मेम्बरको रूपमा भित्रिएकी छन् । कार्यक्रमका निर्माता तथा निर्देशक विशाल भण्डारीले दीपाश्री बोर्ड मेम्बरको रूपमा भित्रिएको जानकारी दिएका हुन् ।

बिशालले दीपाश्रीसँगको एक तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘ ‘हुन त हामी दिपाश्री निरौला दिदीसँग व्यावसायिक रूपमा जोडिएका थियौँ । तर साथ, सुख, दुःखको भयो । अबको यात्रा झन् गज्जब हुने आशाको साथ दिदीलाई कमेडी नाइट विद च्याम्पियन्समा स्वागत गर्न पाउँदा टिम अत्यन्त खुसी छौं । यात्रा अझै सुखद हुने विश्वास छ ।’

यसअघि टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । अहिले यो कार्यक्रम बन्द छ । रियालटी शो ‘कमेडी च्याम्पियन सिजन ३’को लागि यो बन्द गरिएको हो । थ्रि प्रोडक्सनको व्यानरमा निर्माण हुने कार्यक्रममा ‘कमेडी क्लब विथ च्याम्पियन्स’ पनि छिट्टै ल्याउने तयारीमा निर्देशक भण्डारी छन् ।

‘कमेडी च्याम्पियन सिजन ३’ भने कान्तिपुर टेलिभिजनमा अगामी फागुन ३ गतेबाट प्रसारणमा आउँदै छ । ‘कमेडी च्याम्पियन सिजन–३’ का लागि डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको छ । सात सयबाट १३२ जनालाई प्रि–जजिङका लागि बोलाइएको थियो ।

शोजको निर्देशन विशाल भण्डारीले गर्नेछन् । रीमा विश्वकर्मा र मेक्सम गौंडेल होस्ट रहने शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।

भर्खरै प्रकाशित

your adv here