21.1 C
Kathmandu
Friday, September 4, 2026
Homeमनोरन्जन‘कमेडी नाइट्स विथ च्याम्पियन्स’को बोर्ड मेम्बरमा दीपाश्री

‘कमेडी नाइट्स विथ च्याम्पियन्स’को बोर्ड मेम्बरमा दीपाश्री

Date:

सम्बन्धित खबर

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...
spot_img

टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट्स विथ च्याम्पियन्स’मा दीपाश्री निरौला अध्यक्षको रूपमा रहँदै आएकी थिइन् । अहिले भने उनी बोर्ड मेम्बरको रूपमा भित्रिएकी छन् । कार्यक्रमका निर्माता तथा निर्देशक विशाल भण्डारीले दीपाश्री बोर्ड मेम्बरको रूपमा भित्रिएको जानकारी दिएका हुन् ।

बिशालले दीपाश्रीसँगको एक तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘ ‘हुन त हामी दिपाश्री निरौला दिदीसँग व्यावसायिक रूपमा जोडिएका थियौँ । तर साथ, सुख, दुःखको भयो । अबको यात्रा झन् गज्जब हुने आशाको साथ दिदीलाई कमेडी नाइट विद च्याम्पियन्समा स्वागत गर्न पाउँदा टिम अत्यन्त खुसी छौं । यात्रा अझै सुखद हुने विश्वास छ ।’

यसअघि टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । अहिले यो कार्यक्रम बन्द छ । रियालटी शो ‘कमेडी च्याम्पियन सिजन ३’को लागि यो बन्द गरिएको हो । थ्रि प्रोडक्सनको व्यानरमा निर्माण हुने कार्यक्रममा ‘कमेडी क्लब विथ च्याम्पियन्स’ पनि छिट्टै ल्याउने तयारीमा निर्देशक भण्डारी छन् ।

‘कमेडी च्याम्पियन सिजन ३’ भने कान्तिपुर टेलिभिजनमा अगामी फागुन ३ गतेबाट प्रसारणमा आउँदै छ । ‘कमेडी च्याम्पियन सिजन–३’ का लागि डिजिटल अडिसनमा करिब दुई हजारले सहभागिता जनाएका थिए । त्यसबाट सात सय छनोट गरिएको छ । सात सयबाट १३२ जनालाई प्रि–जजिङका लागि बोलाइएको थियो ।

शोजको निर्देशन विशाल भण्डारीले गर्नेछन् । रीमा विश्वकर्मा र मेक्सम गौंडेल होस्ट रहने शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् ।

भर्खरै प्रकाशित

your adv here