24.1 C
Kathmandu
Friday, October 23, 2026
Homeमनोरन्जनसंजित भण्डारी र मेग सुवेदीको 'साथी' को चर्चा (भिडियो)

संजित भण्डारी र मेग सुवेदीको ‘साथी’ को चर्चा (भिडियो)

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

काठमाडौं । गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ को भिडियो सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ ।

गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ ।

कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार(नवीन)को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ ।

सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गायक यम बरालले  गीतको शब्दले आफूलाई तानेकाले गीतमा सहकार्य गर्न राजी भएको खुलाए ।

केही चलचित्रमा समेत काम गरिसकेका अभिनेता सन्जीत भण्डारीले साथी आम दर्शकका लागि फरक स्वाद हुने बताए । उनले अभिनय गरेको चलचित्रमा ‘चिठ्ठी’ आगामी जेठमा रिलिज हुँदैछ । विभिन्न चलचित्रमा सशक्त अभिनय कौशल देखाईसकेका भण्डारी म्यूजिक भिडियोमा समेत व्यस्त देखिन्छन ।

भिडियोका मोडल मेगले गीतले आत्मीय साथीको सम्बन्धलाई प्रस्तुत गर्ने भएकाले गीतले आम दर्शकको भावनालाई प्रतिनिधित्व गर्ने बताए । मेगले पहिलो पटक अभिनय गरेका हुन् ।

समाजसेवीको रुपमा ख्याती कमाएका मेग लामो समयदेखि अमेरिकामा रहेर विभिन्न व्यबसायमा संलग्न छन । पछिल्लो पटक समाजसेवीको रुपमा नेपालमा परिचित सुवेदीले हालै जाजरकोट भुकम्पमा करिव २५ लाख भन्दा वढि सहयोग गरेका थिए । भने नेपालमा भईरहने विपदका समयमा उनको सहयोग अतुलनीय हुदै आएको छ ।

आफ्ना दुई छोरी सिजल र सिस्टरको नाउमा संस्था खोली विभिन्न सामाजिक कार्य गर्दै आएका सुवेदी पूर्वी झापा र मोरङ्गका शिविरहरुमा समाजसेवीका रुपमा निकै लोकप्रिय छन । वार्षिक रुपमा करोडौ रुपमा  दुखी गरिवका लागि छुट्याउदै आएका सुवेदी नेपालमा समेत व्यबसाय विस्तारको प्रक्रियामा रहेका छन ।

भर्खरै प्रकाशित

your adv here