23.1 C
Kathmandu
Sunday, September 6, 2026
Homeमनोरन्जनसंजित भण्डारी र मेग सुवेदीको 'साथी' को चर्चा (भिडियो)

संजित भण्डारी र मेग सुवेदीको ‘साथी’ को चर्चा (भिडियो)

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाडौं । गायकद्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ को भिडियो सार्वजनिक गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ ।

गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ ।

कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार(नवीन)को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ ।

सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गायक यम बरालले  गीतको शब्दले आफूलाई तानेकाले गीतमा सहकार्य गर्न राजी भएको खुलाए ।

केही चलचित्रमा समेत काम गरिसकेका अभिनेता सन्जीत भण्डारीले साथी आम दर्शकका लागि फरक स्वाद हुने बताए । उनले अभिनय गरेको चलचित्रमा ‘चिठ्ठी’ आगामी जेठमा रिलिज हुँदैछ । विभिन्न चलचित्रमा सशक्त अभिनय कौशल देखाईसकेका भण्डारी म्यूजिक भिडियोमा समेत व्यस्त देखिन्छन ।

भिडियोका मोडल मेगले गीतले आत्मीय साथीको सम्बन्धलाई प्रस्तुत गर्ने भएकाले गीतले आम दर्शकको भावनालाई प्रतिनिधित्व गर्ने बताए । मेगले पहिलो पटक अभिनय गरेका हुन् ।

समाजसेवीको रुपमा ख्याती कमाएका मेग लामो समयदेखि अमेरिकामा रहेर विभिन्न व्यबसायमा संलग्न छन । पछिल्लो पटक समाजसेवीको रुपमा नेपालमा परिचित सुवेदीले हालै जाजरकोट भुकम्पमा करिव २५ लाख भन्दा वढि सहयोग गरेका थिए । भने नेपालमा भईरहने विपदका समयमा उनको सहयोग अतुलनीय हुदै आएको छ ।

आफ्ना दुई छोरी सिजल र सिस्टरको नाउमा संस्था खोली विभिन्न सामाजिक कार्य गर्दै आएका सुवेदी पूर्वी झापा र मोरङ्गका शिविरहरुमा समाजसेवीका रुपमा निकै लोकप्रिय छन । वार्षिक रुपमा करोडौ रुपमा  दुखी गरिवका लागि छुट्याउदै आएका सुवेदी नेपालमा समेत व्यबसाय विस्तारको प्रक्रियामा रहेका छन ।

भर्खरै प्रकाशित

your adv here