17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारआज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री पुग्न सक्ने

आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री पुग्न सक्ने

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

पश्चिमी वायुु निस्क्रिय भएपछि पानी पर्ने सम्भावना केही दिनलाई टरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको मंगलवार र बुधवार पश्चिमी वायु सक्रिय हुँदा केही ठाउँमा हल्का पानी परेको थियो । तर हिजोदेखि पश्चिमी वायु फेरि निस्क्रिय भएको हो । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य र बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज पनि तराई मधेसका धेरै ठाउँमा बाक्लो हुस्सु कुहिरो लागेकाले चिसो बढेको छ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री रहेको छ भने अधिकतम तापक्रम १७ देखि १९ डिग्री पुग्न सक्ने महाशाखाको अनुमान छ ।

भर्खरै प्रकाशित

your adv here