22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeसमाचार१ सय ९० वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त

१ सय ९० वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

देशभरका ७ सय ५३ पालिकामध्ये १ सय ९० वटामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त हुँदा पालिकाको प्रशासकीय सेवा प्रभावित भएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले ८० वटा गाउँपालिका र १ सय १० वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद खाली रहेको बताउनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले पठाउने व्यवस्था रहेको भन्दै उहाँले सबै पालिकामा कर्मचारी व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि निमित्तकै भरमा सञ्चालनमा रहेको बताउनुभयो । कार्यकारी निर्देशक प्याकुरेलले पालिकामा प्रमुख प्रशासकीय अधिकृत केन्द्र वा प्रदेश सरकारबाट पठाउने भन्नेमा विवाद रहेको उल्लेख गर्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल भट्टराईले प्रमुख प्रशासकीय अधिकृत नभएका पालिकामा निमित्तबाट काम भइरहेको बताउनुभयो । कतिपय पालिकामा सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने र आफूले रोजेको अधिकृत पाउनुपर्ने माग गर्दा पनि समस्या भएको उहाँको भनाइ छ ।

भर्खरै प्रकाशित

your adv here