23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeचलचित्रकलिउड‘मोदिबेनी’बाट फिल्ममा कमब्याक गर्दै रेजिना

‘मोदिबेनी’बाट फिल्ममा कमब्याक गर्दै रेजिना

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

करिब ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले फिल्ममा कमब्याक गर्ने भएकी छन् । शङ्कर कोइरालाको निर्देशन रहने फिल्म ‘मोदिबेनी’बाट उनले फिल्ममा कमब्याक गर्न लागेकी हुन् । उनी पछिल्लो फिल्म ‘वरदान’मा देखिएकी थिइन् ।

हाल कार्यशालामा रहेको यस फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रितको रित’ नामक वेब सिरिज अभिनय गरेका छन् । केसीको उप्रेतीसँग जोडी हुनेछ ।

अभिनेता सरोज खनालको समेत मुख्य भूमिका रहने फिल्ममा अमर, सरोज, रेजिनाको अलवा केकी अधिकारी, दिलीप रायमाझी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्म आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप के।सी। निर्माता र हरि श्रेष्ठ सह(निर्माता रहेको फिल्म करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइन लागिएको हो । फिल्मको कथा पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको हो । जसको छायाङ्कन माघ १६ गतेदेखि सुरु हुनेछ ।

भर्खरै प्रकाशित

your adv here