14.1 C
Kathmandu
Friday, March 21, 2025
Homeचलचित्रकलिउड‘मोदिबेनी’बाट फिल्ममा कमब्याक गर्दै रेजिना

‘मोदिबेनी’बाट फिल्ममा कमब्याक गर्दै रेजिना

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

करिब ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले फिल्ममा कमब्याक गर्ने भएकी छन् । शङ्कर कोइरालाको निर्देशन रहने फिल्म ‘मोदिबेनी’बाट उनले फिल्ममा कमब्याक गर्न लागेकी हुन् । उनी पछिल्लो फिल्म ‘वरदान’मा देखिएकी थिइन् ।

हाल कार्यशालामा रहेको यस फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रितको रित’ नामक वेब सिरिज अभिनय गरेका छन् । केसीको उप्रेतीसँग जोडी हुनेछ ।

अभिनेता सरोज खनालको समेत मुख्य भूमिका रहने फिल्ममा अमर, सरोज, रेजिनाको अलवा केकी अधिकारी, दिलीप रायमाझी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्म आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । दिलीप के।सी। निर्माता र हरि श्रेष्ठ सह(निर्माता रहेको फिल्म करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइन लागिएको हो । फिल्मको कथा पर्वत जिल्लाको मोदिबेनी क्षेत्रको हो । जसको छायाङ्कन माघ १६ गतेदेखि सुरु हुनेछ ।

भर्खरै प्रकाशित

your adv here