14.1 C
Kathmandu
Friday, March 21, 2025
Homeचलचित्रबर्लिन फिल्म फेस्टिभलमा छनोट हुने पहिलो नेपाली फिल्म बन्यो ‘शाम्बाला’

बर्लिन फिल्म फेस्टिभलमा छनोट हुने पहिलो नेपाली फिल्म बन्यो ‘शाम्बाला’

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ।

विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धातर्फ छनोट हुने यो पहिलो नेपाली फिल्म हो। फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान खोज्दाको कथा समेटिएको छ।

फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ।

नेपाली र टिबेटियन भाषामा बनेको फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको छ। फिल्मको कथा निर्देशक मीन र अविनाश विक्रम शाहले लेखेका हुन्।

यो फिल्मको बजेट ९ लाख ८० हजार युरो रहेको छ।

ुपहिले हामीले यो फिल्मको नाम चिसो वर्ष राखेका थियौं। फिल्मको स्क्रिप्ट तयार भएपछि शाम्बाला नाम सुहाउँदो हुने भएका कारण हामीले नाम परिवर्तन गरेका हौं। यो फिल्म बनाउन हामीले धेरै मिहेनत गरेका छौं। ६ वर्षमा ४४ डाफ्ट लेखेपछि यो फिल्म तयार भएको हो। अन्य कुनै फिल्म या कामको बारेमा नसोच्दा पनि हामीलाई फिल्म तयार गर्न ८ वर्ष लाग्यो, निर्देशक मीनले भने।

अभिनेत्री थिन्ले ल्हामो र अभिनेता सोनम तोप्देनले फिल्ममा काम गर्न पाउँदा खुशी व्यक्त गरे।

भर्खरै प्रकाशित

your adv here