23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeचलचित्रबर्लिन फिल्म फेस्टिभलमा छनोट हुने पहिलो नेपाली फिल्म बन्यो ‘शाम्बाला’

बर्लिन फिल्म फेस्टिभलमा छनोट हुने पहिलो नेपाली फिल्म बन्यो ‘शाम्बाला’

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ।

विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धातर्फ छनोट हुने यो पहिलो नेपाली फिल्म हो। फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान खोज्दाको कथा समेटिएको छ।

फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ।

नेपाली र टिबेटियन भाषामा बनेको फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको छ। फिल्मको कथा निर्देशक मीन र अविनाश विक्रम शाहले लेखेका हुन्।

यो फिल्मको बजेट ९ लाख ८० हजार युरो रहेको छ।

ुपहिले हामीले यो फिल्मको नाम चिसो वर्ष राखेका थियौं। फिल्मको स्क्रिप्ट तयार भएपछि शाम्बाला नाम सुहाउँदो हुने भएका कारण हामीले नाम परिवर्तन गरेका हौं। यो फिल्म बनाउन हामीले धेरै मिहेनत गरेका छौं। ६ वर्षमा ४४ डाफ्ट लेखेपछि यो फिल्म तयार भएको हो। अन्य कुनै फिल्म या कामको बारेमा नसोच्दा पनि हामीलाई फिल्म तयार गर्न ८ वर्ष लाग्यो, निर्देशक मीनले भने।

अभिनेत्री थिन्ले ल्हामो र अभिनेता सोनम तोप्देनले फिल्ममा काम गर्न पाउँदा खुशी व्यक्त गरे।

भर्खरै प्रकाशित

your adv here