22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeखेलकुदपुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिस फाइनलमा पुगेको हो । लगातार सातौं जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

आज गण्डकी प्रदेशले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४ ओभर दुई बलमा चार विकेट गुमाएर भेटायो । गण्डकीका अमृत गुरुङले ५० रन बनाए । पुलिसका राशिद खानले ५ विकेट लिए । पुलिस ७ खेलमा १४ अङ्कका साथ शीर्षस्थानमा छ ।

आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै त्रिभुवन आर्मी क्लब पनि फाइनल नजिकै पुगेको छ । आर्मीले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४० ओभर १ बलमा १ सय ६५ रन बनाउँदा अलआउट भयो । उसका किरण ठगुन्नाले ६८ रन बनाए । अर्मीका जितेन्द्र मुखियाले ५ विकेट लिए ।

पहिले ब्याटिङ गरेको आर्मीका लागि कुशल मल्लले ७५ रन बनाए, सुदूरपश्चिमका भोजराज भट्टले ६ र नरेन साउदले ३ विकेट लिए । आर्मी ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा ८ अङ्कसहित छैठौँ स्थानमा छ । गणितीय हिसाबमा आर्मीको फाइनल पुग्ने सम्भावना बलियो छ ।

भर्खरै प्रकाशित

your adv here