14.1 C
Kathmandu
Friday, March 21, 2025
Homeसमाचारमहासागर र वायुमण्डलबारे अध्ययन गर्न नासाको नयाँ जलवायु कार्यक्रम शुरु

महासागर र वायुमण्डलबारे अध्ययन गर्न नासाको नयाँ जलवायु कार्यक्रम शुरु

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

नासाले महासागरको जलस्वास्थ्य, वायुको गुणस्तर र मानवताको अनुकूलनताका लागि बदलिँदो मौसमका प्रभावहरू अध्ययन गर्न नयाँ उपग्रह प्रक्षेपण गरेको छ । पेस नाम दिइएको उपग्रह एउटा रकेटमा अमेरिकाको फ्लोरिडामा रहेको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट हिजो प्रक्षेपण गरिएको हो ।

प्रक्षेपण भएको पाँच मिनेटपछि यो उपग्रहबाट सूचना प्राप्त गर्न शुरु गरेको नासाले बताएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । नासाका अनुसार पेस मिसनले साना, प्रायः अदृश्य चीजहरू जस्तै पानीमा शूक्ष्म जीवन र पृथ्वीको सयौँ माइल माथिबाट हावामा शूक्ष्म कणहरूको प्रभावको बारेमा अध्ययन गर्नेछ ।

यस कार्यक्रमबाट स्याटेलाइटको हाइपरस्पेक्ट्रल ओशन कलर इन्स्ट्रुमेन्टले अन्वेषकहरूलाई पराबैंजनी देखिने र नजिकको इन्फ्रारेड प्रकाशको स्पेक्ट्रममा महासागरहरू र अन्य जल गतिविधिको मापन गर्न सहज हुने खबरमा उल्लेख छ ।

यसमार्फत वैज्ञानिकहरू र तटीय स्रोत प्रबन्धकहरूले मत्स्यपालनका लागि पानीको स्वास्थ्य पूर्वानुमान गर्न, हानिकारक लेउहरु निकाल्न र समुद्री वातावरणमा देखिने परिवर्तनहरू पहिचान गर्न डेटा प्रयोग गर्न सक्ने पनि बताइएको छ ।

स्थानीय, क्षेत्रीय र विश्वव्यापीरूपमा विकसित वायुको गुणस्तर मापन गर्न पनि पेस प्रविधिले सजिलो बनाउने नासाले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here