17.1 C
Kathmandu
Sunday, March 16, 2025
Homeखेलकुदपाकिस्तानलाई हराउँदै अस्ट्रेलिया १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको छ ।

दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया पाकिस्तानलाई १ विकेटले हराएर फाइनलमा पुगेको हो । अब उपाधिका लागि पर्सि आइतवार अस्ट्रेलिया र भारत खेल्ने भएका छन् । पहिलो सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो ।

पाकिस्तान ४८ ओभर ५ बलमा १ सय ७९ रनमा अलआउट भएको थियो । पाकिस्तानका अजन अविस र अर्फत मिनहासले समान ५२ रन बनाएका थिए । अस्ट्रेलियाका टम स्ट्राकेरले ६ विकेट लिएका थिए । पाकिस्तानले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ओभरको ५ बल बाँकी हुँदै ९ विकेट गुमाएर जित दर्ता गरेको हो ।

अस्ट्रेलियाका लागि हेरि डिक्सनले ५० रनको अर्धशतकीय पारी खेले । ओलिभर पिकले ४९ तथा टम काम्पबेलले २५ रन बनाए । अन्त्यमा रफ म्याकमिलनले १९ रनको नटआउट खेले । पाकिस्तानका अलि राजाले सर्वाधिक ४ विकेट लिए ।

भर्खरै प्रकाशित

your adv here