18.6 C
Kathmandu
Thursday, April 23, 2026
Homeखेलकुदनेपालले माल्दिभ्सलाई २ सय १४ रनले हरायो

नेपालले माल्दिभ्सलाई २ सय १४ रनले हरायो

Date:

सम्बन्धित खबर

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो ठूलो अन्तरको जित हो । यसअघि नेपालले कतारलाई १ सय १९ रनले हराएको थियो ।

मलेसियाको वाईएसडी ओभलमा नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३ ओभर ५ बलमा १३ रन बनाउँदा अल आउट भयो । माल्दिभ्सकी कप्तान सुमया हमीदले सबैभन्दा धेरै ५ रन बनाइन् । माल्दिभ्सका ६ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । नेपालकी अश्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुबिना क्षेत्रीले समान ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । नेपाली महिला टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा धेरै रन हो । यसअघि नेपालले सन् २०२१ मा कतारसँगको खेलमा १ सय ६४ रन बनाएको थियो । नेपालकी पूर्वकप्तान रुबिना क्षेत्रीले ऐतिहासिक शतक बनाइन् । रुबिना नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी बनिन् । रुबिनाले ५९ बलमा नट आउट १ सय १८ रन बनाइन् । यस्तै पूजा महतोले ५९ रन बनाइन् । रुबिना र पूजाले १ सय ६३ रनको कीर्तिमानी साझेदारी गरे । माल्दिभ्सकी सामा अलीले ३ विकेट लिइन् ।

यो जितसँगै नेपाल समूह ‘डी’ को विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने टोली एसिया कपमा छनोट हुनेछन् ।

भर्खरै प्रकाशित

your adv here