24.1 C
Kathmandu
Monday, October 26, 2026
Homeखेलकुद१९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई, भारत ७९ रनले पराजित

१९ वर्षमुनिको विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई, भारत ७९ रनले पराजित

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...
spot_img

भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको उपाधि चौथो पटक जितेको छ ।

दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको फाइनलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १ सय ७४ रनमात्र बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भयो । भारतका लागि मुसिर खानले २२‚ आदर्श सिंहले ४७ रन र मुरुगन अभिषेकले ४२ रन तथा नमन तिवारीले १४ रन बनाए ।

अस्ट्रेलियाका लागि महली बेयर्डम्यान र र्याफ म्याकमिलनले ३/३ विकेट‚ क्यालम विडलरले २ विकेट र चार्ली एन्डरसन तथा टम स्ट्रेकरले १र१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रन बनायो ।

अस्ट्रेलियाका लागि हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युग वेबगेनले ४८ रन बनाउँदा ओलिभर पिक ४६ रनमा अविजित रहे। ह्यारी डिक्सनले ४२ तथा चार्ली एन्डरसनले १३ रन बनाए । बलिङतर्फ भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट र नमन तिवारीले २ विकेट लिए । यसअघि भारतले गएको वर्ष समेत गरेर अहिलेसम्म ५ पटक १९ वर्षमुनिको विश्वकप जितेको थियो ।

अस्ट्रेलियाले भने यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको थियो ।

भर्खरै प्रकाशित

your adv here