16.7 C
Kathmandu
Friday, April 17, 2026
Homeअवार्डचौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन खुला

चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन खुला

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन खुला गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को चौथो संस्करण आयोजना हुने भएको हो । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ति जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ ।

राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको अवार्डका लागि यही फागुन १३ गतेबाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराउनुभएको छ ।

अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार २०८० वैशाख एक गतेदेखि चैत्र मसान्तसम्म (एक वर्षभित्रमा) बजारमा आएका गीत, संगीतका स्रष्टा एवं प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ ।

गीत तथा सिर्जनाहरू दर्ता गर्नका लागि आवेदनको अन्तिम म्याद चैत मसान्तसम्म तोकिएको छ । अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ । गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई समेत अवार्डमा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here