20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनज्ञानेन्द्र गदालको ‘कृष्ण कन्हैया’ सार्वजनिक (भिडियो)

ज्ञानेन्द्र गदालको ‘कृष्ण कन्हैया’ सार्वजनिक (भिडियो)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

गीतकार ज्ञानेन्द्र गदालको नयाँ भजन ‘कृष्ण कन्हैया’ सार्वजनिक भएको छ । तृप्ति खड्का गुरुङको स्वर र संगीत रहेको भजनको भिडियो सार्वजनिक भएको हो । अरुण कुमार प्रधानको निर्देशन रहेको भजनको भिडियोमा दिनेश कोइराला, मेनुका माझीको अभिनय छ ।

यस्तै भिडियोमा अर्पण आचार्य, विनिता चापागाईं, अनुजा चापागाईं, प्रसन्न पोखरेल, रूपा कोइराला, सफा कोइराला, कविता घिमिरे, गंगा घिमिरे, अनिता घिमिरेलगायतको पनि अभिनय देख्न सकिन्छ । सुमन तामाङको छायांकन रहेको भिडियोमा हेमन्त तामाङको सम्पादन र कलर छ ।

कृष्ण भगवानमा समर्पित गीतको भाव जति मर्मस्पर्शी छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘ईश्वर भक्ति र कर्तव्यबोधको मिलन नै जीवनको चरम सन्तुष्टि हो । मेरो इष्टदेव भगवान् श्रीकृष्णप्रति समर्पित यो भजन सुनेर भक्तिरस लिनुहुन अनुरोध गर्दछु’, गीतकार गदाल भन्नुहुन्छ ।

भर्खरै प्रकाशित

your adv here