22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeआर्थिकनयाँ बानेश्वरमा खुल्यो ‘इनस्टाइल ब्युटी’, एक महिनासम्म २५ प्रतिशत छुट दिईने

नयाँ बानेश्वरमा खुल्यो ‘इनस्टाइल ब्युटी’, एक महिनासम्म २५ प्रतिशत छुट दिईने

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

नयाँ बानेश्वरको छक्कुबक्कुमार्गमा इनस्टाइल ब्युटी हब खुलेको छ । नायिका रेखा थापाले सोमबार सलोनको उद्घाटन गरेकी छिन् । दुबईमा एक दशक भन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले यस सलोनलाई सञ्चालनमा ल्याएकी हुन् ।
महिला र पुरुष दुबैका लागि लक्षित गर्दै खुलेको इनस्टाइल ब्युटी हबका निर्देशक इन्द्र तामाङ र राज कार्की रहेका छन् । सञ्चालक तामाङले लामो समय विदेशमा बस्दा सिकेका ज्ञान, सीपको स्वदेशमा उपयोग गर्ने बताईन् । उनले मेकअपबारे बिभिन्न अन्तर्राष्ट्रिय स्तरका तालिम पनि लिएकी छिन् ।

इनस्टाइल ब्युटी हबले आफ्ना सेवाहरुमा २५ प्रतिशत छुटको अफर ल्याएको छ । यस्तै मेकअप सम्बन्धि तालिमबारे ५० प्रतिशतसम्म छुट हुने घोषणा गरेको छ । यसैगरी वार्षिक रुपमा ५ जनालाई निःशुल्क छात्रबृत्ति दिईने सञ्चालक तामाङले बताईन् । ‘इनस्टाइल ब्युटी हबले विदेशकै गुणस्तर र सेवा प्रदान गर्नेछ ।’ तामाङले भनिन्, ‘हामीले प्रयोग गर्ने सामान अन्तर्राष्ट्रिय ब्राण्डका हुनेछन् ।’ हाल यस सलोनले ७ जनालाई रोजगारी प्रदान गरेको छ ।

इनस्टाइल ब्युटी हबको उद्घाटन समारोहमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेती, प्रशासन, योजना तथा अनुगमन शाखाका निर्देशक टिकाराम ढकाल, कल्याण, पुर्नस्थापना तथा सञ्चार शाखाका निर्देशक सुशील प्रसाद आचार्य, माला ब्युटि असेसर्स एशोसियसन नेपालका अध्यक्ष बिमला रिजालको उपस्थिीति रहेको थियो ।

इनस्टाइल ब्युटी हबको उद्घाटनमा नायिका रेखा थापासँगै ‘मिसेज नेपाल वल्र्ड २०२४’ की विजेता डाक्टर डेनिला कार्की, मिसेज नेपाल इन्टरनेसनल सुयशा राउत, एमएस नेपाल इन्टरनेसनल रेश्मा घिमिरे लगायतको उपस्थिति थियो । ‘मेकअपले मानिसलाई थप ऊर्जा दिन्छ ।’ सञ्चारकर्मीसँग रेखाले भनिन्, ‘पछिल्लो समय महिलाहरु सुन्दरताका बारेमा अझ सचेत भएका छन् ।’

कार्यक्रममा ‘मिसेज नेपाल वल्र्ड’ का आयोजक निशु झा, अश्विन झा लगायत नायिक गजित बिष्ट, निर्देशक सौगात बिष्ट तथा कलाकार सुबोध गौतम, कुमार कार्कीको उपस्थिीति रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here