24.1 C
Kathmandu
Saturday, October 24, 2026
Homeआर्थिकफेसियल हाउसको शाखा नेपालगंजमा,देशभर विस्तार गरिने

फेसियल हाउसको शाखा नेपालगंजमा,देशभर विस्तार गरिने

Date:

सम्बन्धित खबर

लोकगायक युवराज छन्त्यालको शब्द र संगीतमा ‘पैसा’, युट्युबमा सार्वजनिक(भिडियो)

काठमाडौं — नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा प्रवासबाटै...

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...
spot_img

नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका हुन् ।

नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ ।  देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक महराले जानकारी गराईन् ।

काठमाडौंमा मुख्य कार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगढी,सुर्खेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ ।

यो शाखा विस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

फेसियल हाउसकी संचालिका सुष्मा महराले यस नयाँ शाखाले सौन्दर्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदै नेपाली सौन्दर्य उद्योगमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् । त्यस्तै, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले फेसियल हाउसजस्तो प्रतिष्ठित ब्रान्डले नेपालगञ्जमा सेवा दिन थालेपछि यहाँको व्यवसायिक र सांस्कृतिक वातावरणलाई थप उत्साहजनक बनाउन सहयोग पु¥याउने बताए ।

नेपालगञ्ज शाखा सबिना बुडाऐर र रितेश भुजेलले ल्याएका हुन् ।

बुडाऐर र भुजेलले ग्राहकहरूको सन्तुष्टि र गुणस्तरीय सेवा सुनिश्चित गर्दै फेसियल हाउसको प्रतिष्ठा कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

भर्खरै प्रकाशित

your adv here