22.1 C
Kathmandu
Monday, September 7, 2026
Homeआर्थिकफेसियल हाउसको शाखा नेपालगंजमा,देशभर विस्तार गरिने

फेसियल हाउसको शाखा नेपालगंजमा,देशभर विस्तार गरिने

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

नेपालगंजमा फेसियल हाउसले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

नेपालगंज शाखाको उद्घाटन नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी र वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी संचालिका सुष्मा महराले संयुक्त रूपमा गरेका हुन् ।

नेपालकै नम्बर १ ब्यूटी सैलुनको रूपमा परिचित फेसियल हाउसले उत्कृष्ट सेवा र आधुनिक प्रविधि प्रयोग गरी सौन्दर्य प्रेमीहरूको विश्वास जित्दै आएको छ ।  देशभर शाखा विस्तार गर्ने योजना अनुसार यो नयाँ शाखा खोलिएको फेसियल हाउसका संचालक महराले जानकारी गराईन् ।

काठमाडौंमा मुख्य कार्यालय रहेको फेसियल हाउसले पोखरा, चितवन, धनगढी,सुर्खेत लगायतको शहरहरुमा शाखा विस्तार गरी सकेको छ ।

यो शाखा विस्तारले नेपालगंजका स्थानीय ग्राहकहरूलाई विश्वस्तरीय फेसियल, स्किनकेयर, हेयरस्टाइलिङ, र सौन्दर्यसम्बन्धी अन्य सेवाहरू सजिलै उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

फेसियल हाउसकी संचालिका सुष्मा महराले यस नयाँ शाखाले सौन्दर्य सेवाको पहुँचलाई थप सुलभ बनाउँदै नेपाली सौन्दर्य उद्योगमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् । त्यस्तै, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले फेसियल हाउसजस्तो प्रतिष्ठित ब्रान्डले नेपालगञ्जमा सेवा दिन थालेपछि यहाँको व्यवसायिक र सांस्कृतिक वातावरणलाई थप उत्साहजनक बनाउन सहयोग पु¥याउने बताए ।

नेपालगञ्ज शाखा सबिना बुडाऐर र रितेश भुजेलले ल्याएका हुन् ।

बुडाऐर र भुजेलले ग्राहकहरूको सन्तुष्टि र गुणस्तरीय सेवा सुनिश्चित गर्दै फेसियल हाउसको प्रतिष्ठा कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

भर्खरै प्रकाशित

your adv here