18.6 C
Kathmandu
Wednesday, April 22, 2026
Homeविषेश समाचारसफलता एचआईभी शिक्षासदनमा खाद्यान्न वितरण गर्दै समाजसेवी सुवेदीको जन्मोत्सव

सफलता एचआईभी शिक्षासदनमा खाद्यान्न वितरण गर्दै समाजसेवी सुवेदीको जन्मोत्सव

Date:

सम्बन्धित खबर

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं ।  सिजल एन्ड सिस्टर एलएलसी अमेरिकाका संस्थापक तथा वरिष्ठ समाजसेवी अमेरिका निवासी मेघ सुवेदीको जन्मदिन एक कार्यक्रम वीच भव्य रुपमा मनाइएको छ । नेपालमा सामाजिक सेवा कार्यका लागि परिचित सुवेदी संस्थापक रहेको सिजल एण्ड सिस्टर फाउण्डेसनको आयोजनामा संस्थाका नेपाल अध्यक्ष एवं नायक मोडल संजित भण्डारीको विशेष पहलमा समाजसेवी सुवेदीको जन्मदिन किर्तिपुरमा रहेको सफलता एच आइ भी शिक्षासदनमा मनाइएको हो ।

सुवेदीकै जन्मदिनको अवसर पारेर एचआईभी संक्रमित २७ जना वालवालिकाहरु सहित उक्त शिक्षा सदनलाई करिव १ लाख वरावरको चामल,दाल,चिनी,चिउरा लगायत खाद्यान्न सामाग्रीहरु राहत स्वरुप प्रदान गरिएको थियो । सहयोग वितरण कार्यक्रममा अध्ययनरत वालवालिकाहरुले केक काटेर सुवेदीलाई जन्मदिनको शुभकामना दिएका थिए ।
सो कार्यक्रमलाई औपचारिक रुपमा निर्देशक,कार्यक्रम आयोजक तथा समाजसेवी समीर लामाले संचालन गरेका थिए भने वरिष्ठ चलचित्र निर्देशक मदन घिमिरे,पछिल्लो समयका चर्चित सङीतकार राजेन्द्र बजगाई,सन्चारकर्मी तथा समाजसेवी राजेन्द्र लुइटेल,निर्देशक जीवन शाही,सन्चारकर्मी तथा गीतकार गीता अधिकारी,फाउन्डेसनका कार्यक्रम संयोजक राजन भन्डारी,फाउन्डेसनका सचिव तथा कोषाध्यक्ष डिआर  सिग्देल,सदस्य सङ्गीता खड्का,फोटोग्राफर,निर्देशक तथा सन्चारकर्मी कुबेर तामाङ,छिटो पोष्टका स्वस्तिका पन्थी,दिपेश गुरुङ र चुरो खबरका सम्पादक तथा गायक प्रमोद डिजिको उपस्थिती रहेको थियो।
उपस्थित व्यक्तित्वहरुले सुवेदीलाई जन्मदिनको शुभकामना दिनुका साथै उनले नेपालमा गरेका समाजसेवाका विषयमा चर्चा गरेका थिए । यसैगरि सो विद्यालयका प्रिन्सिपल मन्जु महतले फाउण्डेसनले यसरी महान व्यक्तिको जन्मदिन आफ्नो विद्यालयमा मनाएर राहत सामाग्री प्रदान गरि हामीलाई हौसला प्रदान गरि सहयोग गर्नुभएकोमा फाउण्डेसन परिवारलाई धन्यवाद व्यक्त गरिन ।
कार्यक्रममा वोल्दै नायक भण्डारी तथा फाउण्डेसनका अध्यक्ष भण्डारीले फाउण्डेसनको उद्देश्य अनुरुप विगतमा समाजसेवी मेघ सुवदीले व्यक्तिगत रुपमा गर्दै आएका समाजसेवाका कामहरु अव संस्थागत फाउण्डेसन मार्फत थप प्रभावकारी र सशक्त ढंगले अगाडी बढाएर लिएर जाने प्रतिवद्धता व्यक्त गरे । साथै जुनसुकै अबस्थामा पनि फाउन्डेसन सहयोगका लागि तत्पर रहि अघि बढी रहने उनले जानकारी दिए।

यस भन्दा अघिका दिनहरुमा पनि थुप्रै असाहय आश्रम तथा बिपदका बेला सहयोग गर्दै आएको र जाजरकोटमा भुकम्प पिडितहरुलाइ ५० लाख भन्दा बढिको राहत सहयोग गरेको थियो । यसै गरि हालै मात्र सिन्धुपाल्चोक र काभ्रेका करिव ५०० घर परिवारलाई ब्लांन्केट तथा घरायसी आवश्यक सामाग्रीहरु वितरण गरेको थियो ।

भर्खरै प्रकाशित

your adv here