14.1 C
Kathmandu
Friday, March 21, 2025
Homeमनोरन्जन‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...

एनसिआईएफएफको छैटौं संस्करण काठमाडौँमा, ४७ देशका ९८ चलचित्रहरु सहभागी

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट...
spot_img

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी ल्यान्ड नेपाल को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई सयानम अधिकारी ले लेखन तथा निर्देशन गरेका छन् ।

३५ दिन को अवधिमा सम्पन्न गरिएको यसको छायाङ्कन काठमाडौं, ललितपुर, भक्तपुर, र पर्साको ठोरी क्षेत्रमा गरिएको हो । यसको कथा काठमाडौंको अँध्यारो पक्ष, मानव तस्करी, हत्या, अपहरण र अपराधका कथालाई उजागर गर्ने खालको रहेको निर्देशक अधिकारीले बताए । “एक दाजुले आफ्नी १९ बर्सिया बहिनीको खोजीमा अपराधीहरूसँगको सङ्घर्ष गर्ने कथावस्तुमा आधारित ‘कालमाण्डू’ एक्सन, थ्रिलर र सस्पेन्स विधामा निर्माण गरिएको छ,” निर्देशकले भने ।

यस चलचित्रमा गजित बिस्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, अलिशा बास्तोला, रोशनी कार्की, ललना चिमारिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, र शिव अधिकारीको मुख्य अभिनय रहनेछ । यसको छायाङ्कन पवन सुस्लिङगले गरेका छन् भने, द्वन्द्व निर्देशन राजु लामा र मिस्टर काजीले गरेका छन् । सङ्गीत सम्राट न्यौपाने को रहनेछ । मेकअप र एसएफएक्सको जिम्मेवारी सुवास तिमल्सिना ले लिएका छन् । कमल थिङ निर्माता रहेको यस चलचित्रमा शम्भु श्रेष्ठ र मिलन कटवाल ले प्रोडक्सन व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । सहायक निर्देशक रवि भुजेल रहेका छन् ।  निर्माण पक्षले फिल्म २०८२ सालमा प्रदर्शन हुने लक्ष्य लिएको छ ।

भर्खरै प्रकाशित

your adv here