23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeमनोरन्जनग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा मिस ग्रेस एयर होस्टेस सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक सुरज थापाले गरेका थिए । नेपालका लोकप्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको कार्यक्रम चावहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।

अष्ट सम्मान २०८१ का मुख्य व्यक्तित्वहरूः

अष्ट सम्मान २०८१ ले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको छ । सो सम्मान पाउनेमा प्रसिद्ध सामाजिक अभियन्ता­ अनुराधा कोइराला, प्रसिद्ध गायक­ आनन्द कार्की, विमान विज्ञ­ भावना पन्त, संचारकर्मी­ जगदीश खरेल, नेपालकी पहिलो एक खुट्टा नर्तकी­ रोमा न्यौपाने, वाताबरण संरक्षक­ राजेश कटवाल, युवा ब्यवसायी­ रमेश भुजेल, र मोडल­ सोनिया चाम्लिङ राई रहेका थिए ।

कार्यक्रममा चौतारा साँगाचोक गढी नगर पालिकाकी उपमेयर­ सीता थापाको विशेष अतिथी सहित दिवस राज भट्टराई, गायक सपन श्रेष्ठ,बैंकर­ सास्वत कार्की ,विजय शाही जस्ता  व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।

निर्णायक मण्डलमा युवा व्यबसायी फिलिप डीसी, वरिष्ठ क्याप्टेन भावना पन्त, कार्यक्रम निर्देशक निश्चल पालिखे , मेकअप आर्टिस्ट तथा ट्रान्स एक्टिभिस्ट नीलम पौडेल र फेशन डिजाईनर सुकनीता चौलागाईं लगायत विज्ञहरू थिए ।

राइट पाथ मिस ग्रेस एयर होस्टेस, सिजन १
द राइट पाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ – २०२५ प्रतियोगितामा प्रतिभाशाली सहभागीहरू बीच तीव्र प्रतिस्पर्धा देखियो । उपाधि विजेताहरू लसता महर्जन (विजेता, मिस ट्यालेन्ट र बेस्ट वाक)  , सुनिषा गुरुङ (प्रथम रनर–अप, बेस्ट चिरायु स्माइल र बेस्ट हेयर) , र स्मारिका सुवेदी (दोस्रो रनर–अप, मिस इन्टरटेनर र मोस्ट कन्फिडेन्ट) भएका थिए ।

थप पुरस्कार प्राप्त गर्नेहरूमा अन्जुम लिम्बु (ब्रान्ड एम्बेसडर, मिस क्युपिड फोटोजेनिक र उत्कृष्ट कलाकार) , मुना खपांगी ( आयोजकको छनोट, मिस मल्टिमिडिया र उत्कृष्ट चित्र), उर्मिला तामाङ (मोस्ट पपुलर, फेसन आइकन र मिस स्टाइल दिवा), प्रज्ञा केसी (भ्युअर्स छनोट, मिस फ्रेन्डली एण्ड मोस्ट डिसिप्लिन्ड), पूर्णिमा लामा (मिस शाइनिङ स्टार एण्ड मोस्ट एलिगेन्ट), र एन्जिला रोका मगर (मोस्ट पर्सनालिटी एण्ड मिस ग्ल्यामरस लुक) समावेश थिए।  कार्यक्रमको सफलता आयोजक टोलीको भरपुर प्रयासको परिणाम थियो ।

कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न आयोजक कमिटिमा फोटोग्राफर एवं संस्थाका कोषाध्यक्ष बिन्द्रा प्रजापति , फेशन कोरियोग्राफी अर्शु महर्जन , संस्थाका सचिव अनिता श्रेष्ठ प्रजापति उप–कोषाध्यक्ष कबी राज थापा , आइटी प्रमुख सबिन खाडा, कार्यक्रम संयोजक हिसे शेर्पा र अंकित मल्ल , डान्स कोरियोग्राफरमा सबिना राउत तथा कार्यक्रम संचालनमा एन्जेला लामा रहेका थिए ।

प्रतिभा र उत्कृष्टताको एक उल्लेखनीय उत्सव ग्रेस इभेन्ट्सले सबै सहभागीहरू, विजेताहरू र कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन योगदान पुर्याउने सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै संस्थाले सबै साझेदारहरू, प्रायोजकहरू, मिडिया र समर्थकहरूलाई उनीहरूको अमूल्य सहयोगको लागि गहिरो आभार प्रकट गरेको थियो ।
प्रतिभा, समर्पण र सहकार्यको उत्तम मिश्रणको साथ, अष्ट सम्मान २०८१ र मिस ग्रेस एयर होस्टेस, सिजन १ ले नेपालमा सञ्चालन हुने कार्यक्रम हरु मध्य एउटा उत्कृष्टता र लोकप्रियता हासिल गर्न सफल भएको थियो।

भर्खरै प्रकाशित

your adv here