17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनगायिका सुमीले हात पारिन ‘बेस्ट स्टाइलिस सिङ्गिङको अवार्ड’

गायिका सुमीले हात पारिन ‘बेस्ट स्टाइलिस सिङ्गिङको अवार्ड’

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं – नवौं नेसनल क्यापिटल अवार्ड २०८१ मा गायिका सुमी पराजुलीले गीत ‘माया गर्ने तरिका’ बाट बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड जित्न सफल भएकी छन्। उनले यस सम्मानमार्फत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छिन्।

सुमीको आवाजमा प्रस्तुत ‘माया गर्ने तरिका’ गीतले दर्शक तथा श्रोतामाझ विशेष लोकप्रियता कमाएको थियो। गायकमा सुमी पराजुलीलाई चर्चित गायक प्रताप दासले साथ दिएका थिए । गीतमा उनको गायन शैली, अभिव्यक्ति र प्रस्तुति निकै प्रभावशाली रहेको भन्दै निर्णायक मण्डलले उनलाई यो अवार्डका लागि छनोट गरेको हो।

सांगीतिक क्षेत्रको योगदानलाई सम्मान गर्न र प्रतिभाशाली कलाकारलाई हौसला प्रदान गर्न गरिँदै आएको नेसनल क्यापिटल अवार्डमा यस वर्ष विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। सुमी पराजुलीको नाम यस वर्षको विशेष आकर्षण बनेको छ।

नेपाल पर्यटन बोर्डमा सम्पन्न उक्त अवार्ड समारोहमा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल वैरागी, आयोजक समिति अध्यक्ष माधव निर्दोश,मोडल एवं अभिनेत्री झरना रिसाल तथा महिला उद्यमी संगिता शाक्यले गायिका सुमीलाई अवार्ड प्रदान गरेका थिए ।

उनले अवार्ड ग्रहण गर्दै भनिन्, “यो सम्मानले मलाई अझ राम्रो गीत गाउन र संगीतमा निरन्तर लागिरहन प्रेरणा दिएको छ। सबैलाई धन्यवाद, जसले मेरो यात्रा सजिलो बनाउन साथ दिनुभयो।”

भर्खरै प्रकाशित

your adv here