17.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeमनोरन्जनअब हाम्रो सिनेमा घरभित्रै निर्माण हुन्छ, त्यो पनि अत्याधुनिक संरचनाभित्र,”: प्रधानमन्त्री

अब हाम्रो सिनेमा घरभित्रै निर्माण हुन्छ, त्यो पनि अत्याधुनिक संरचनाभित्र,”: प्रधानमन्त्री

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काभ्रेको बनेपामा ‘सिनेपाः’ नामक इन्डोर फिल्म स्टुडियो निर्माण सुरु भएको औपचारिक घोषणा गरे।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा स्टुडियो निर्माणको शिलापत्र अनावरण गर्दै ओलीले ‘आजको दिन नेपाली सिनेमा क्षेत्रको युग परिवर्तनको संकेत’ भएको बताए। “अब हाम्रो सिनेमा घरभित्रै निर्माण हुन्छ, त्यो पनि अत्याधुनिक संरचनाभित्र,” उनले भने।

बनेपा नगरपालिका–१० र १३ को ४१ रोपनी जग्गामा बन्ने स्टुडियो सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३९ करोड रुपैयाँ अनुमानित लागतको यो परियोजनाले नेपाली फिल्म उद्योगलाई ‘सस्टेनेबल’ बनाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्रीले डबिङ, गायन र प्रविधिसम्बन्धी अन्य युनिटहरू पनि स्टुडियोमा समेटिनुपर्ने सुझाव दिए। उनले अघिल्लो कार्यकालमा दोलखामा फिल्म नगरी र पालुङटारमा स्टुडियो निर्माणको प्रस्ताव गरे पनि ‘कलाकारकै असहमतिको कारण’ त्यसले मूर्त रूप लिन नसकेको उल्लेख गरे।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फिल्म क्षेत्रका कानुनी सुधार प्रक्रियाबारे जानकारी दिए। उनले चलचित्र ऐन, मिडिया काउन्सिल र सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्मा पुगेको उल्लेख गर्दै पुराना कानुनलाई समयसापेक्ष बनाउन सरकार प्रतिवद्ध रहेको बताए।

पूर्वमन्त्री तथा सांसद गोकुल बास्कोटाले स्टुडियोका लागि जग्गा उपलब्ध गराएको जानकारी गराउँदै स्थानीय जनप्रतिनिधिहरूको भूमिका सराहे। निर्देशक नीर शाहले प्रविधिमा आधारित, बहुउद्देश्यीय स्टुडियो बनाउने सुझाव दिए। चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले आगामी साताबाट ‘रियल टाइम बक्स अफिस’ सुरु हुने जनाउँदै, “सकारात्मक सोचले असम्भव पनि सम्भव हुन्छ” भने।

नेपाली फिल्म क्षेत्रले लामो समयपछि ‘सपना देख्ने हैसियत’ बनाएको भन्दै निर्माण प्रक्रिया ठोस रूप लिनु आफैंमा उल्लेखनीय मानिएको छ। तर अब प्रश्न, यो स्टुडियोले नेपाली फिल्मलाई कहाँ पुर्‍याउला?

भर्खरै प्रकाशित

your adv here