23.1 C
Kathmandu
Thursday, October 15, 2026
Homeमनोरन्जनगायक चेतन राईको प्रस्तुतिमा झुमे दर्शक

गायक चेतन राईको प्रस्तुतिमा झुमे दर्शक

Date:

सम्बन्धित खबर

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...

जीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै नयाँ...
spot_img

नागार्जुन नगरपालिका-६, काठमाडौँमा लोकसंस्कृति प्रतिष्ठानको मुख्य आयोजनामा १४ दिनसम्म चलेको कृषि सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागिताका साथ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन जेष्ठ २५ गते गायक चेतन राईले आफ्नो चर्चित आधा दर्जन जति गीतहरू प्रस्तुत गरेर महोत्सवलाई संगीतमय बनाएका थिए । एउटा गीत त उनले दर्शकहरूको अनुरोधमा दुईपटकसम्म प्रस्तुत गरेका थिए । तिमी धुन बन, नाम्चे बजार, घुम्दै जाँदा, जापानिज साडी, बाधन आदि गीतको प्रस्तुति दिँदा दर्शकहरू गायकसँगै सुर र तालमा झुमिरहेका थिए। पप,आधुनिक शैलीका गीतहरू गाउन सक्ने क्षमता भएका गायक चेतनले आफ्नो प्रस्तुतिबाट दर्शकहरुलाई मन्त्रमुक्त गराएका थिए । कार्यक्रममा अन्य गायकहरु एलिना चौहान, हेमन्त शिशिर लगायतको पनि प्रस्तुति रहेको थियो ।

भर्खरै प्रकाशित

your adv here