17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रकलिउडचलचित्र ‘किन लाग्छ माया’ निर्माण घोषणा सँगै छायांकनमा जाने तयारी

चलचित्र ‘किन लाग्छ माया’ निर्माण घोषणा सँगै छायांकनमा जाने तयारी

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं । चलचित्र ‘किन लाग्छ माया’ बन्ने भएको छ । एसएण्डएस प्रोडक्सनको व्यानरमा यो चलचित्र निर्माण हुनलागेको हो । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो यो चलचित्रको छायांकन यही साताबाट हुने जनाइएको छ ।
चलचित्रमा सञ्जित भण्डारी, ऋचा थापा, जानबी बस्नेत, धीरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा सार्की, राजेन्द्र खड्की, हिउवाला गौतम, सविन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाललगायत कलाकार को अभिनय रहने निर्माणपक्षले जनाएको छ ।

चलचित्रको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दै हुनुहुन्छ । उहाँले दर्जनौं म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । स्याडो रियरको कथा रहने चलचित्रमा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।

अर्जुनप्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको चलचित्रमा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ । चलचित्रको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वीनवलपरासी, मुस्ताङलगायतका स्थानमा हुनेछ । चलचित्र दाजुभाइको सम्बन्ध, एकअर्काप्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ । साथै सामाजिक विषयवस्तुलाई पनि मुख्य रूपमा प्रस्तुत गर्ने बताइएको छ ।

भर्खरै प्रकाशित

your adv here