15.1 C
Kathmandu
Thursday, October 16, 2025
Homeचलचित्रकलिउडचलचित्र ‘किन लाग्छ माया’ निर्माण घोषणा सँगै छायांकनमा जाने तयारी

चलचित्र ‘किन लाग्छ माया’ निर्माण घोषणा सँगै छायांकनमा जाने तयारी

Date:

सम्बन्धित खबर

नेपाल–फिलिपिन्स सम्बन्ध सुदृढ पार्ने उद्देश्यले मनिलामा सांस्कृतिक उत्सव

काठमाडौँ, १२ असोजः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल...

नेपाल संगीत कल्याण कोषद्वारा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल संगीत कल्याण कोषको आयोजनामा विजया दशमी,...

गायिका सृष्टि थापाको ‘टाढा भएनी’ (भिडियो)

काठमाडौं । नेपाली कला क्षेत्रमा उदयमान गायिका सृष्टि थापा...

औद्योगिक तथा व्यवसायिक क्षेत्रमा गम्भीर क्षति भएको चेम्बरको निष्कर्ष

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको...

फेसियल हाउसको ११औँ शाखा ललितपुरको कुमारीपाटीमा

काठमाडौं । नेपालको ‘नम्बर वान’ फेसियल हाउसले आफ्नो ११औँ...
spot_img

काठमाडौं । चलचित्र ‘किन लाग्छ माया’ बन्ने भएको छ । एसएण्डएस प्रोडक्सनको व्यानरमा यो चलचित्र निर्माण हुनलागेको हो । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो यो चलचित्रको छायांकन यही साताबाट हुने जनाइएको छ ।
चलचित्रमा सञ्जित भण्डारी, ऋचा थापा, जानबी बस्नेत, धीरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा सार्की, राजेन्द्र खड्की, हिउवाला गौतम, सविन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाललगायत कलाकार को अभिनय रहने निर्माणपक्षले जनाएको छ ।

चलचित्रको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दै हुनुहुन्छ । उहाँले दर्जनौं म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । स्याडो रियरको कथा रहने चलचित्रमा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।

अर्जुनप्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको चलचित्रमा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ । चलचित्रको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वीनवलपरासी, मुस्ताङलगायतका स्थानमा हुनेछ । चलचित्र दाजुभाइको सम्बन्ध, एकअर्काप्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ । साथै सामाजिक विषयवस्तुलाई पनि मुख्य रूपमा प्रस्तुत गर्ने बताइएको छ ।

भर्खरै प्रकाशित

your adv here