23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeमनोरन्जनसुमी पराजुलीको नयाँ गीत “ढाँट्यो मायाले”सार्वजनिक, भिडियोमा भावुक कथा (भिडियो )

सुमी पराजुलीको नयाँ गीत “ढाँट्यो मायाले”सार्वजनिक, भिडियोमा भावुक कथा (भिडियो )

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

काठमाडौं : गायिका सुमी पराजुलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘ढाँट्यो मायाले’ आज सार्वजनिक भएको छ। एसपी क्रिएशनको ब्यानरमा निर्माण गरिएको यो भिडियो सुमी पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा अलिशा बास्तोला र गौरव हमालको अभिनय रहेको छ, जसमा प्रेम, सहयोग, धोका र विछोडको मार्मिक दृश्यले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ। गाउँले परिवेश, विद्यार्थी जीवनको प्रेम र सामाजिक यथार्थको चित्रण यस गीतमा देख्न सकिन्छ। गीतको लेखन र निर्देशन मुस्कान ढकालले गरेका हुन्।

शब्द, संगीत तथा एरेञ्ज दीपकराज विश्वकर्मा, रेकर्डिङ चन्द्रमान विश्वकर्मा, तथा BTS (Behind The Scene) कार्यमा आशिष चापागाईं र सुवास बयलकोटीको योगदान रहेको छ।

छायांकन दिपक गिरीले गरेका छन्। गीतको मेकअप रोजिना श्रेष्ठ, प्रोडक्सन इन्चार्ज सुरज ओली, ड्रेस डिजाइन तानी थापाले सम्हालेका छन् भने पोस्टर डिजाइन SD HOUSEले गरेको हो। भिडियोमा अमीर के.सी सहायक निर्देशकको भूमिकामा रहेका छन्।

गीतको लय, दृश्य र सन्देशको संयोजनले ‘ढाँट्यो मायाले’ दर्शकको मन छुने भिडियो बन्ने विश्वास गरिएको छ। फेसबुक, युट्युब, स्पोटिफाइ, अमेजन म्युजिकलगायत विभिन्न डिजिटल प्लेटफर्महरूमा गीत सुन्न र हेर्न पाइनेछ।

भर्खरै प्रकाशित

your adv here