17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रकलिउडअसार २७ मा प्रदर्शन हुँदै ‘यो मन त मेरो नेपाली हो’

असार २७ मा प्रदर्शन हुँदै ‘यो मन त मेरो नेपाली हो’

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

यही असार २७ गतेदेखि एउटा मात्र नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन हुँदैछ। नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने लेखक तथा निर्देशक नर प्रधानले जानकारी दिए।

उनले भने, ‘हाम्रो भाषा र संस्कृति जोगाएनौँ भने भावी पुस्ताले यो धरोहर गुमाउने छ। हाम्रा पूर्खाले जोगाएको सम्पदा भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। चलचित्रले नेपालीपन प्रति माया र एकताको सन्देश दिन्छ। यसलाई व्यावसायिकभन्दा पनि सांस्कृतिक उपहारको रूपमा लिन सकिन्छ।’

करिब १७ वर्ष अगाडि नेपालबाट अमेरिका पुगेका निर्देशक प्रधानले त्यहाँको व्यस्त जीवनले नेपाली संस्कृतिसँगको सम्बन्धमा दूरी बढाएको अनुभव गरेपछि चलचित्र तयार गरेको बताउए। उनका अनुसार चलचित्रले प्रवासमा रहेका नेपालीलाई कला र संस्कृतिबारे जानकारी दिन्छ। उक्त चलचित्रलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विद्यालयस्तरका बालबालिकालाई देखाउन उपयुक्त ठानेको छ।

‘हाम्रो विषयवस्तुले मनोरञ्जनसँगै शिक्षा पनि दिन्छ। नेपाली भाषा र संस्कृति संरक्षणमा जोड दिइएका कारण चलचित्रलाई बालबालिकालाई देखाउन मिल्ने भनिएको हो। हामीले आफ्नो भाषा र सस्कृतिबारे बाल्यकालबाटै नयाँ पुस्तालाई जानकारी दिनु जरुरी छ,’ निर्देशक प्रधानले भने।

उक्त चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन्।

भर्खरै प्रकाशित

your adv here