17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारसूचना-प्रविधिमानव जीवनमा सूचना प्रविधिको प्रयोग र प्रभाव

मानव जीवनमा सूचना प्रविधिको प्रयोग र प्रभाव

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

सूचना प्रविधि भन्नाले ध्वनि, तस्वीर, अक्षर तथा अङ्कको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दूरसञ्चार प्रविधिको प्रयोग गरी भण्डारण, सम्पादन, सम्प्रेषण, सङ्ग्रह र प्रवाहलाई चिनिन्छ ।सूचना प्रविधि कम्प्युटर विज्ञानको एक शाखा हो, जसलाई प्रक्रिया, संरचना र विभिन्न प्रकारका डेटाको प्रशोधनको समग्र अध्ययनको रूपमा परिभाषित गर्न सकिन्छ ।
यसले माानिसको जीवनमा ठूलो भूमिका निर्वाह गरेको हुन्छ । विश्वव्यापी रूपमा सूचना प्रविधि संसारका धेरै देशहरुको आर्थिक विकासको एक प्रमुख तत्व मानिन्छ ।धेरै नवीनताहरू संसारमा आएका छन् तर सबैभन्दा उल्लेखनीय सूचना प्रविधि हो । सूचना प्रविधि जुन दैनिक भाषामा कम्प्युटर सञ्चार प्रविधिसँग पर्यायवाची छ त्यसलाई त्यो प्रविधिको रुपमा परिभाषित गर्न सकिन्छ जसले सूचना चक्रलाई सजिलो बनाउँदछ ।सूचना प्रविधिले स्वयं सेवा सुविधाहरू प्रदान गरेको छ, जहाँबाट ग्राहकहरू सजिलैसँग उनीहरूको कागजातहरू सिधै अनलाइनबाटै पूरा गर्न सक्दछन् । सूचना प्रविधिले मानव जीवनको सबै क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ तर सामाजिक प्रगति र प्रविधिमा जोडदार विकासको कारणले मानव जीवनको हरेक पक्षमा सूचनाको भूमिकालाई अत्यन्तै बढाएको छ ।
रोजगारमा यसले कम्प्युटरमा आधारित सूचना प्रणालीको अध्ययन, डिजाइन, विकास, अनुप्रयोग, कार्यान्वयन, समर्थन वा व्यवस्थापनमा मद्दत गर्दछ । सूचना प्रविधिहरूको सहयोगले इमेलहरू, आवाज र भिडियो कलहरू छिटो, सस्तो र अधिक कुशल भएको छ।विभिन्न देशहरूबाट खरीद सजिलो र अधिक सुविधाजनक बनाउँदै, कुनै पनि समय, जहाँसुकै व्यापार सुरु गर्न सकिन्छ तर प्रविधिमा सुधार भएपछि मानव कर्मचारीहरूद्वारा गरिएको कामहरू अब कम्प्युटर प्रणालीहरूद्वारा गरिन्छ जसले गर्दा देशमा रोजगारी कम हुन् सक्छ ।
नेपालको सन्दर्भमा सूचना प्रविधिलाई व्यवस्थित र नियमित गर्नका लागि विद्युतीय कारोबार व्यवस्थित गर्ने ऐन, २०६१, प्रतिलिपी अधिकार ऐन, राष्ट्रिय सञ्चार नीति, दूरसञ्चार नीति, ब्रोड ब्यान्ड नीति, डिजिटल हस्ताक्षर सुरक्षित गर्ने कार्यविधिलगायतका नीतिगत व्यवस्थाहरू गरिएका छन् ।

भर्खरै प्रकाशित

your adv here