काठमाडौं,
साउन ४ ।
चेतन राईको स्वरमा रहेको गीत ‘दर्के झरी’ सार्वजनिक भएको छ । फराज अर्पनको शब्द रचना, संगीत र कुशल मोक्तान तामाङको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गायक राईकै निर्देशन र बैठक पौडेलको सहायक निर्देशन रहेको गीतको भिडियोमा प्रविण पुरी र अनिता पराजुलीको अभिनय छ । सविन तिमल्सिनाको छायांकन रहेको गीतको भिडियोमा राज धामीको दृश्य सम्पादन र कलर करेक्सन छ । यो गीतलाई गायक राईले आफ्नो आगामी एल्बम ‘स्पिड’ मा समाबेश गर्ने बताउनुभएको छ ।
