18.1 C
Kathmandu
Saturday, May 30, 2026
Homeमनोरन्जन‘लिटिल मिस्टर एण्ड मिस काठमाडौं’मा ऐश्वर्या, समाइरा,सम्भव र संश्रेय विजयी

‘लिटिल मिस्टर एण्ड मिस काठमाडौं’मा ऐश्वर्या, समाइरा,सम्भव र संश्रेय विजयी

Date:

सम्बन्धित खबर

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...
spot_img

काठमाडौं, नेपाल – लविस ईभेन्ट्स प्रा.लि.को आयोजनामा “लिटिल मिस्टर एण्ड मिस  काठमाडौं” प्रतियोगिता अत्यन्त भव्य र आकर्षक रूपमा सम्पन्न भएको छ। बालबालिकाको आत्मविश्वास, व्यक्तित्व विकास र सिर्जनशील क्षमताको अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न उमेर समूहका बालप्रतिभाहरूले उल्लेखनीय सहभागिता जनाएका थिए।

कार्यक्रम ललितपुरस्थित ज्यापू प्रतिष्ठानमा सम्पन्न भएको थियो। प्रतियोगितामा निर्णायक मण्डलका सदस्य श्यारोन बज्राचार्य, आशिम सक्सेना र प्रकाश चौहानले सहभागीहरूको प्रतिभा, आत्मप्रस्तुति, प्रस्तुति कला लगायतका पक्षमा आधारित मूल्यांकन गरी विजेता घोषणा गरेका थिए।

विजेताहरूको विवरण यस प्रकार छः

मुख्य विजेता

  • सिनियर मिस – ऐश्वर्या श्रेष्ठ

  • जुनियर मिस – समाइरा गुरुङ

  • सिनियर मिस्टर – सम्भव शाह

  • जुनियर मिस्टर – संश्रेय तिवारी

प्रथम उपविजेता (First Runner-Up)

  • सिनियर गर्ल्स – आराध्या महर्जन

  • जुनियर मिस र मिस्टर – नितीश्री न्यौपाने र संस्कृत चालिसे

द्वितीय उपविजेता (Second Runner-Up)

  • सेलिओन कार्की

  • जानवी श्रेष्ठ

सहभागी सबै बालबालिकालाई प्रमाणपत्र, पदक तथा गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरिएको थियो। साथै, प्रतियोगितामा सहभागिता जनाएका विद्यालयहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो, जसले बालबालिकाहरूको हौसला अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राजनीतिज्ञ देवप्रसाद तिमल्सिना प्रमुख अतिथिका रूपमा उपस्थित थिए। यस्तै, वरिष्ठ युवा उद्यमी एवं समाजसेवी कमल ढकाल तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर, कार्यक्रम व्यवस्थापन संघ नेपालका अध्यक्ष एवं निर्देशक राजेन्द्र लुईटेल ‘राज’ विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमका प्रमुख आयोजक तथा चर्चित गायक हुमन आचार्य ले बालबालिकालाई समर्पित यस्ता सिर्जनात्मक र आत्मविश्वास अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई भविष्यमा अझ विस्तारित र प्रभावशाली बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतियोगिता अन्तर्गत बालप्रतिभाहरूले गायन, नृत्य, आत्मप्रस्तुति लगायतका विभिन्न विधामा मनोरञ्जनात्मक प्रस्तुति दिए। निर्णायक प्यानलले आफ्नो अनुभव, अन्तर्दृष्टि र निष्पक्ष निर्णयका आधारमा मूल्यांकन प्रस्तुत गरेकाले प्रतियोगिता अझ व्यावसायिक, मर्यादित र प्रेरणादायी बनेको सहभागी अभिभावकहरूले प्रतिक्रिया दिएका थिए।

भर्खरै प्रकाशित

your adv here