17.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeभिडियोनम्रता, नीलम र बबीको ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र...

नम्रता, नीलम र बबीको ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र जुनाको छमछमी(भिडियो)

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

काठमाडौं । नेपालीहरुको मौलिक चाड तिज नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ गीतहरु आउनेक्रम जारी छ । संगीतकर्मीहरु तीज गीतलाई बजारमा ल्याउनमा आतुर देखिन्छन् । तीजको मौलिकतासँगै सन्देशमूलक गीतहरु ल्याउनु आफैंमा चुनौतिमय देखिन्छ । भड्किलो गीतहरु बजारमा ल्याएर चर्चा कमाउने एकातिर छन् भने अर्कोतिर समाजलाई भड्किलो बनाउन हुँदैन भनेर सन्देशमूलक सिर्जना पनि ल्याउने गरेका छन् ।

यसैक्रममा गायिकात्रय नम्रता तामाङ, नीलम रोका कार्की र बबी नेम्वाङ लिम्बूको स्वरमा रहेको गीत ‘किन्दिने हो कल्ले ?’ सार्वजनिक भएसँगै चर्चामा पनि रहेको छ । पछिल्लो समयको सामाजिक परिवेशलाई लिएर निर्माण गरिएको यो गीतले भड्किलो तीजलाई एउटा सन्देश पनि दिएको छ । पारिवारिक स्थिति र भड्किलो समाज अनुसार फरक रुपमा गीतलाई प्रस्तुत गरिएको छ ।

गीतकार डीपी खनालको शब्द सिर्जना रहेको गीत ‘किन्दिने हो कल्ले ?’ मा दीपक शर्माको संगीत सिर्जना रहेको छ । गीतको संगीत संयोजना पुरुषोत्तम सुवेदीको रहेको छ भने किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको छ । छिमेकी, साथीसंगीको देखेर साडी लगाउने रहर, सुनको हार लगाउने रहर र झुम्का लगाउने रहर जागेको एउटा नारीको कथालाई गीतमा सरल तरिकाले प्रस्तुत गरिएको छ ।
‘किन्दिने हो कल्ले ?’ गीतको भिडियोमा नायिकात्रय कुन्जना घिमिरे ‘सुन्तली’, सनिशा बजगाईं र जुना सुन्दासको अभिनय रहेको छ । उनीहरुलाई सुरेन्द्र बसेल, निशान्त परियार र सुनिल बन्जाडेले अभिनयमा साथ दिएका छन् । गम्भिर विष्टको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका हुने भने प्रविन भट्टले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भर्खरै प्रकाशित

your adv here