बैंकक । नेपालका विविध क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित गर्ने उद्देश्यले स्टार इन्टरनेशनलको चौथो संस्करण अवार्ड समारोह थाइल्याण्डको राजधानी बैंककस्थित होटल पिकनिकमा भव्य रुपमा सम्पन्न भएको छ । यसअघि तेस्रो संस्करण पनि थाइल्याण्डमै सम्पन्न गरिएको थियो, जसले यसपटकको कार्यक्रमलाई अझै निरन्तरता र गरिमामय स्वरूप दिएको देखिन्छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डका नवनिर्वाचित अध्यक्ष सञ्जय ढकाल, अन्तर्राष्ट्रिय समन्वय परिषद्को एशिया–प्रशान्त क्षेत्रीय उपसंयोजक लोकेन्द्र ओली, सल्लाहकार विश्व बराल (अमेरिका), पूर्व महासचिव सुनील खड्कालगायतका व्यक्तित्वहरूको आतिथ्य र उपस्थितिले समारोहलाई अझै प्रतिष्ठित बनाएको थियो ।
समारोहमा परम्परागत लोकदोहोरी, अभिनय, संगीत, व्यवसाय, आयुर्वेद, सौन्दर्यकला, मोडलिङदेखि उद्यमशीलता सम्मका १५ जना भन्दा बढी प्रतिभाहरूलाई सम्मान गरिएको थियो ।
-
रेशम सापकोटा ले परम्परागत लोकदोहोरी गायनमा उत्कृष्टताको अवार्ड पाए भने,
-
मञ्जु राना मगरलाई उदयीमान मोडल (आध्यात्मिक),
-
वरुणकुमार आचार्यलाई उत्कृष्ट चरित्र अभिनेता,
-
मेघनाथ रेग्मीलाई प्रतिष्ठित ज्योतिषी,
-
अफ्सना नेवा ‘हायु’ : लाई सौन्दर्य तथा मेकअप कलामा उत्कृष्टता,
-
गोपाल ढकाल ‘छन्दे’ : लाई उत्कृष्ट अभिनेता,
-
मन्दिरा सिटौलालाई व्यवसायिक उत्कृष्टता तथा नवप्रवर्तन,
-
ईश्वरी हमाल ठकुरीलाई उदयीमान मोडल,
-
प्रल्हाद चौहानलाई आयुर्वेद अनुसन्धान तथा अभ्यास,
-
रामकृष्ण श्रेष्ठलाई बहुमुखी प्रतिभाशाली गायक,
-
जुजु पोखरेललाई सौन्दर्य तथा मेकअप नवप्रवर्तन (थाइल्याण्ड),
-
हेमराज रसाइलीलाई उदयीमान उद्यमी,
-
पूर्णायु आयुर्वेद अस्पताललाई उत्कृष्ट आयुर्वेद अस्पताल,
-
सन्तोषी कार्कीलाई नवउदयीमान गायिका,
-
र गीता उप्रेतीलाई उत्कृष्ट सौन्दर्यकर्मी सम्मान प्रदान गरिएको थियो ।
यस्तै, स्वास्थ्यकर्मी सिकृता वस्ती, युवा व्यवसायी आशुतोष ज्ञवाली र अमिर न्यौपाने, वरिष्ठ चिकित्सक डा. लक्ष्मण पौडेल, साहित्यिक र सामाजिक क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरू समेत विशेष सम्मानबाट विभूषित भए ।
कार्यक्रमको सञ्चालन प्रख्यात कलाकार गोपाल ढकाल ‘छन्दे’ले गरेका थिए भने, आयोजक संस्था प्याजेन्ट नेपालका प्रमुख राजेन्द्र लुईटेलको सभापतित्व र सेलेब्रेटी मेक अप आर्टिष्ट तथा आयोजक समिति संयोजक टेकराज पाण्डेको संयोजनमा सम्पन्न भएको थियो ।
समारोहका वक्ताहरूले नेपालका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई थाइल्याण्डमा भेला गराई सम्मानित गर्नु स्वयंमा गर्वको विषय भएको उल्लेख गर्दै आयोजक टोलीलाई हार्दिक धन्यवाद र बधाई दिए । विज्ञहरूले यसलाई “विदेशमा नेपाली प्रतिभा र योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने ऐतिहासिक प्रयास”को रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमले नेपालको पहिचान, गौरव र क्षमता विश्वसामु उजागर गर्ने भूमिका खेल्ने धारणा राखेका थिए ।
समारोहमा थाइल्याण्ड र नेपालका कलाकारहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरूले भव्यतालाई थप रंगीन बनायो ।
यसरी सम्पन्न चौथो संस्करणले नेपाली कला, संस्कृति, साहित्य, चिकित्सा, सौन्दर्य र उद्यमशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य मात्र गरेको छैन, बरु विदेशमा बस्ने नेपाली समुदायलाई मातृभूमिसँग भावनात्मक रूपले जोड्ने एउटा सबल प्रयास पनि गरेको देखिन्छ ।
