17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeअवार्डस्थगित “जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट–२०८१” कार्तिक २६ मा

स्थगित “जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट–२०८१” कार्तिक २६ मा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौं — नेपाली कला, संस्कृति र संगीत क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धनका लागि निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि. द्वारा आयोजित “जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट–२०८१” कार्यक्रम अब आगामी कार्तिक २६ गते, बुधवार, नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौंमा भव्य रूपमा हुने भएको छ।

यसअघि कार्यक्रम भदौं ३० गते, सोमवार का दिन हुने तय गरिएको थियो। तर पछिल्लो समय देशभर फैलिएको Gen Z आन्दोलन का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै उक्त कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ।


 नेपाली संगीत, संस्कृति र पर्यटन प्रवर्द्धनको साझा अभियान

नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, जिनियस म्युजिक अवार्डले नेपाली कला, भाषा र संगीत क्षेत्रको उत्थानका साथै नेपालको मौलिक संगीत, सांस्कृतिक विविधता र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्य राख्दै हरेक वर्ष यो प्रतिष्ठित अवार्ड समारोह आयोजना गर्दै आएको छ।२०७६ सालमा पहिलो पटक आयोजना गरिएको “जिनियस म्युजिक अवार्ड” अहिले आफ्नो छैठौँ संस्करणमा पुगेको छ। यस अवार्डले विगत पाँच संस्करणसम्ममा सयौं कलाकार, स्रष्टा र व्यक्तित्वहरूलाई सम्मान र प्रोत्साहन गरिसकेको छ।


अवार्डका मुख्य आकर्षण

नेपालका कला, संस्कृति र संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका एकजना विशिष्ट व्यक्तिलाई “दीर्घ साधना सम्मान (Lifetime Achievement Award)” द्वारा सम्मान गरिनेछ।

त्यसैगरी, नेपाली कला, संस्कृति र संगीत क्षेत्रका विशिष्ट स्रष्टा, कलाकार, पत्रकार, पर्यटन व्यवसायी र समाजसेवीहरूलाई अवार्ड तथा सम्मान गरिनेछ।
कार्यक्रममा चर्चित र लोकप्रिय कलाकारहरूको विविध सांगीतिक प्रस्तुति तथा विशेष सांस्कृतिक आकर्षणहरू पनि रहनेछन्।

आयोजकको भनाइ “हामी नेपाली गीत–संगीत, संस्कृति र पर्यटन प्रवर्द्धनमा योगदान दिन चाहन्छौं।
यो अवार्ड कार्यक्रम केवल सम्मानको मंच होइन, नेपाली संगीतकर्मीहरूको साझा उत्सव हो।”

कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। संस्थाले अवार्डलाई अझ भव्य, मर्यादित र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको जनाएको छ।

भर्खरै प्रकाशित

your adv here