18.6 C
Kathmandu
Thursday, April 23, 2026
Homeसमाचारसौन्दर्य क्षेत्रकी स्थापित व्यक्तित्व मनिषा जिसी संघको नेतृत्व तहमा

सौन्दर्य क्षेत्रकी स्थापित व्यक्तित्व मनिषा जिसी संघको नेतृत्व तहमा

Date:

सम्बन्धित खबर

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं । नेपाली सौन्दर्य क्षेत्रमा स्थापित नाम बनेकी सनसिटी ब्युटि पार्लरकी प्रमुख तथा वरिष्ठ सौन्दर्यविद मनिषा जिसी हालै गठन भएको सौन्दर्य उद्यमी संघ नेपालको निर्विरोध उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँको निर्विरोध चयनलाई सौन्दर्य क्षेत्रले व्यावसायिकता, अनुभव र नेतृत्व क्षमताको सम्मानका रूपमा लिएको छ।

मनिषा जिसीले विगत लामो समयदेखि सौन्दर्य व्यवसायलाई व्यवस्थित, मर्यादित र अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी बनाउन निरन्तर योगदान दिँदै आउनुभएको छ। उहाँले नेपाल मात्र नभई दुबई, मलेसिया, अजरबैजान र इजिप्ट लगायत विभिन्न देशमा आयोजना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाई थुप्रै अवार्डहरू जित्न सफल हुनुभएको छ। ती उपलब्धिहरूले नेपाली सौन्दर्य क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

उहाँ केवल सफल व्यवसायी मात्र नभई दक्ष प्रशिक्षकका रूपमा पनि परिचित हुनुहुन्छ। हजारौं युवायुवतीलाई सीपमूलक तालिम प्रदान गरी दक्ष सौन्दर्यकर्मी उत्पादन गर्दै रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्‍याउनुभएको छ। उहाँबाट तालिम लिएका धेरै जना आज स्वदेश तथा विदेशमा सफल उद्यमीका रूपमा स्थापित भएका छन्।

मनिषा जिसीको सेवाबाट लाभान्वित हुनेहरूमा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वदेखि सर्वसाधारणसम्म रहेका छन्। गुणस्तरीय सेवा, आधुनिक प्रविधिको प्रयोग तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कार्यशैलीका कारण उहाँ सबैको रोजाइमा पर्न सफल हुनुभएको हो।

सामाजिक उत्तरदायित्वप्रति समेत उत्तिकै सचेत रहँदै उहाँ विभिन्न सामाजिक तथा परोपकारी कार्यहरूमा सक्रिय रहँदै आउनुभएको छ। विपन्न तथा सीमान्तकृत वर्गका महिलाहरूलाई निःशुल्क तथा सहुलियत दरमा तालिम प्रदान गर्दै आत्मनिर्भर बनाउने अभियानमा उहाँको विशेष भूमिका रहेको छ।

नवनिर्वाचित उपाध्यक्षका रूपमा मनिषा जिसीले देशभर छरिएका सौन्दर्य व्यवसायीलाई एकताबद्ध गर्दै सीप विकास, व्यावसायिक सुरक्षा, अन्तर्राष्ट्रिय अवसर विस्तार तथा महिला सशक्तीकरणका क्षेत्रमा प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

सौन्दर्यविदका रूपमा ख्याती कमाइसकेकी मनिषा जिसीको नेतृत्वले नेपाली सौन्दर्य उद्योगलाई थप संगठित, प्रतिस्पर्धी र सम्मानित पेशाका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ

भर्खरै प्रकाशित

your adv here