13.1 C
Kathmandu
Friday, October 23, 2026
Homeचलचित्रचलचित्र कलाकार संघमा चुनावी सरगर्मी बढ्यो,उत्तम केसीको अध्यक्ष उम्मेदवारी घोषणा

चलचित्र कलाकार संघमा चुनावी सरगर्मी बढ्यो,उत्तम केसीको अध्यक्ष उम्मेदवारी घोषणा

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

काठमाडौं ।  चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् ।

उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ कलाकारले समर्थन गरेका छन् । यही चैत २८ मा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ ।
संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ ।

अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा रहेको जनाइएको छ ।  २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ ।
रंगमञ्चदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार केसी नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुन ।

बाल्यकालदेखि कला क्षेत्रमा रमाएका केसीले विद्यालय पढ्दादेखि नै अभिनय यात्रा सुरु गरेका हुन् । २०० भन्दा बढी टेलिफिल्ममा अभिनय गरेका केसीले ‘आदर्श नारी’बाट चलचित्रमा डेब्यु गरेका हुन् ।

उनले पुकार, मोहनी, ज्वाला, जन्मभूमि, बलराम, चमत्कार, चण्डाल, चक्रव्युह, नाइनभन्नु ल सिरिज, होस्टेल, बुकुरो, झिंगे दाउ–२ सहित २५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।
अहिले पनि अभिनयलाई निरन्तरता दइिरहेका केसी विशेषगरी ‘चुँईचुँई’ पारेर भन्ने थेगोबाट चर्चामा आएका हुन्। जीवन चक्र नामक टेलिचलचित्रमा उत्तम काकाको भूमिकाबाट उनको ‘चुँईचुँई’ यात्रा सुरु भएको हो ।
चलचित्र विकास बोर्डको पूर्व सदस्य रहेका केसी संघको पूर्व कार्यकारी सदस्यहुँदै सहकोषाध्यक्ष र सचिवमा निर्वाचित भएका थिए ।

नेपाल सरकारको प्रशासनिक क्षेत्रमा उनको अनुभव रहेको छ ।

भर्खरै प्रकाशित

your adv here