24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeमनोरन्जन२५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘गाउँछ गीत’ जेठबाट...

२५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘गाउँछ गीत’ जेठबाट प्रसारणमा आउने

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाडौ । २५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘गाउँछ गीत’को पहिलो सिजन जेठबाट प्रसारणमा आउने भएको छ । प्रतिभाको खोजी, मौलिकताको सम्मानस् गाउँछ गीतको साङ्गीतिक अभियान नारा सहित आयोजना गरिएको प्रतियोगिता अहिले डिजिटल अडिसन बाट फिजिकल राउण्डमा प्रवेश गरेको छ । जसमा डिजिटल अडिसन बाट छानिएका प्रतियोगीहरूले फिजिकल राउण्डमा आफ्नो प्रस्तुति निर्णायक सामु राखी रहेका छन् ।

पेप्सीकोलामा रहेको गाउँछ गीतको छायाङ्कन स्टुडियोमा शनिवार र आइतबार गरी डिजिटल अडिसनमा देशै भरबाट छानिएका प्रतियोगीहरूले आफ्नो गायन प्रस्तुति राखेका हुन् । यो चरण पार गर्न सकेका करिब ५० प्रतियोगीले मेघा राउण्डमा प्रवेश पाउने छन् । प्राइम टेलिभिजनबाट शनिवार र आइतबार राती ९ बजे प्रसारण हुने यो प्रतियोगिता नेपाली सङ्गीत क्षेत्रमा एक कोशे ढुङ्गा साबित हुने विश्वास लिएको शोका निर्देशक हरि शर्माले बताएका छन् ।

प्रतियोगिताको निर्णायकहरूमा शास्त्रीय तथा सुगम सङ्गीतको वरिष्ठ गायिका संगीतज्ञ सङ्गीता राना प्रधान, सङ्गीत मै विद्यावारिधि गर्दै गरेका सफल गायक तथा सङ्गीतकार थानेश्वर गौतम , आधुनिक देखि पार्श्व गायनमा लोकप्रियता कमाएकी गायिका सहिमा श्रेष्ठ र लोक तथा दोहोरी गीतमा ख्याति कमाएका गायक अमृत खाती रहेका छन् । प्रतियोगिताको होस्टकारुपमा स्टान्डअप कमेडियन सीता न्यौपाने र कोष खड्का रहेका छन् ।

रोजी शर्माको परिकल्पनामा एच एस साइना कृयसनको निर्माणमा भएको प्रतियोगिताको मेघा राउण्डमा प्रवेश गरेका प्रतियोगीहरूलाई समूह विभाजन गरी कम्तीमा ४ जना गीत सङ्गीतका ख्याति प्राप्त कोच मार्फत उनीहरूको प्रतिभा निखार्ने व्यवस्था गरिएको पनि शो का निर्देशक शर्माले जानकारी दिएका छन् ।

प्रतियोगिताको युट्युब पार्टनर साइराम पिक्चर्स रहेको छ भने मिडिया पार्ट्नर बिजनेपाटी मिडिया प्राली रहेको उक्त मिडियाका कार्यकारी सम्पादक समेत रहेका प्रसिद्ध गीतकार लोकराज अधिकारीले जानकारी दिएका छन ।

सहभागी कलाकारहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाई व्यावसायिक साङ्गीतिक यात्राका लागि अवसर प्रदान गरिने र फाइनल चरण देश बाहिर गर्ने गरी तयारी भइरहेको आयोजकले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here