14.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeसमाचारनेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई 'सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान'

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी सफल व्यवस्थापक उर्मिला श्रेष्ठ लाई ‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको छ ।

काठमाडौंको होटल मक्र्युरमा सम्पन्न भव्य समारोहका वीच देशका प्रतिष्ठित व्यक्तित्वहरुका वीच उहांलाई उक्त अति विशिष्ट सम्मान प्रदान गरिएको थियो ।

व्यावसायिक दक्षता, संस्थागत नेतृत्व, सामाजिक उत्तरदायित्व तथा राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको कदरस्वरूप श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

लामो समयदेखि उद्योग, व्यापार तथा व्यवस्थापन क्षेत्रमा सक्रिय श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएको छ ।

उहाँको नेतृत्वमा निजी क्षेत्रको सुदृढीकरण, महिला उद्यमशीलताको प्रवर्द्धन, संस्थागत सुशासन तथा आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइएको छ । विशेषगरी महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउन उहाँले खेलेको भूमिका प्रेरणादायी मानिएको आयोजकको भनाइ छ ।

दूरदर्शी सोच, अनुशासित कार्यशैली तथा प्रभावकारी नेतृत्व क्षमताका कारण श्रेष्ठ नेपाली निजी क्षेत्रको सफल महिला नेतृत्वका रूपमा स्थापित भएको उल्लेख गरिएको छ । महिला नेतृत्व अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा उनको योगदान उल्लेखनीय रहेको जनाइएको छ ।

सामाजिक सेवामा समेत सक्रिय श्रेष्ठले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा उहाँले नेपालको निजी क्षेत्र, महिला उद्यमशीलता तथा व्यापार प्रवर्द्धनका पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

यसअघि पनि श्रेष्ठ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित भइसक्नुभएको छ । महिला सशक्तीकरण, उद्यमशीलता विकास, सामाजिक उत्तरदायित्व तथा उत्कृष्ट व्यवस्थापकीय क्षमताका लागि उहाँलाई राष्ट्रिय महिला आयोग लगायत संस्थाले सम्मान गरिसकेका छन् । साथै युनिभर्सल वर्ल्ड बुक अफ रेकर्ड बाट समेत उहाँ सम्मानित भइसक्नु भएको छ ।

७५ वर्ष लामो इतिहास बोकेको नेपाल चेम्बर अफ कमर्समा पहिलोपटक महिलाको तर्फबाट उपाध्यक्ष बन्ने गौरवसमेत श्रेष्ठले हासिल गर्नुभएको छ । उक्त उपलब्धिलाई नेपाली निजी क्षेत्र तथा महिला नेतृत्वका लागि ऐतिहासिक र प्रेरणादायी कदमका रूपमा हेरिएको छ ।

भर्खरै प्रकाशित

your adv here