14.1 C
Kathmandu
Thursday, October 22, 2026
Homeभिडियोवरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

Date:

सम्बन्धित खबर

सुनिल गिरीको निर्देशनमा “काठे लोकगीत” पोर्चुगलको बिभिन्न ठाउमा छॅायांकन, दशैंपछि सार्वजनिक हुने

पोर्चुगल। नेपाली मौलिक लोकसंगीत, कला र संस्कृतिलाई प्रवासमा संरक्षण...

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...
spot_img

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउँदै आएका लोकप्रिय वरिष्ठ गायक आनन्द कार्की नयाँ गीत ‘ईटहरीको बजारमा’ लिएर दर्शकमाझ आएका छन् । गायिका गंगा खनालसँगको युगल स्वरमा तयार गरिएको उक्त गीत तथा म्युजिक भिडियो आनन्द कार्की अफिसियल नामक आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जाल तथा युट्युबमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । विशेषगरी गीतको आकर्षक प्रस्तुति, मौलिक स्वाद, आधुनिक संगीत संयोजन तथा भिडियोको भव्य निर्माणले दर्शक तथा संगीतप्रेमीहरूको ध्यान तानिरहेको छ ।

https://www.youtube.com/watch?v=nwYmovmEf1s

पूर्वी नेपालको चर्चित शहर ईटहरीलाई केन्द्रमा राखेर तयार गरिएको ‘ईटहरीको बजारमा’ बोलको गीतमा प्रेम, रमाइलोपन र आधुनिक सामाजिक परिवेशलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ । गीतमा वरिष्ठ गायक आनन्द कार्कीको परिपक्व स्वर र गायिका गंगा खनालको मिठासपूर्ण आवाजको संयोजनले गीतलाई अझ विशेष बनाएको छ ।

गीतका शब्द श्रीकृष्ण लुईंटेलले सिर्जना गरेका हुन् भने संगीत लक्ष्मण शिशले तयार गरेका छन् । संगीत निर्माण अर्जुन कटुवालले गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ पुखराज सोनकारले गरेका छन्, जसले गीतलाई उच्चस्तरीय श्रव्य अनुभव दिएको छ ।

म्युजिक भिडियोतर्फ कलाकार विजयु पार्की र खुशी कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन स्वयं विजयु पार्कीले गरेका हुन् । भिडियोमा अनीश तामाङ एण्ड टिमको छायांकन रहेको छ भने सम्पादन तथा कलर डिन्सन शाहले गरेका छन् । रोशन विश्वकर्माको कोरियोग्राफीले भिडियोमा थप ऊर्जा भरेको देखिन्छ ।

त्यस्तै, निर्माण व्यवस्थापन लक्ष्मण भण्डारी र सुब्राज कार्कीले सम्हालेका छन् भने पोस्ट प्रोडक्सन क्याच स्टुडियोमा गरिएको हो । कलाकारहरूको पोशाक डिजाइन तथा मेकअप ज्योति केसीले गरेकी छन् । सम्पूर्ण टिमको मेहनत र व्यावसायिक प्रस्तुतिका कारण भिडियो अझ आकर्षक र स्तरीय बनेको दर्शकको प्रतिक्रिया छ ।

पोस्टर सार्वजनिक भएदेखि नै गीतप्रति दर्शकमाझ उत्सुकता बढिरहेको थियो । पोस्टरमा देखिएको आनन्द कार्कीको करिश्म्याटिक शैली, नेपाली सांस्कृतिक झल्को दिने पृष्ठभूमि तथा आकर्षक डिजाइनले गीतको चर्चा अझ चुलिएको थियो । अहिले भिडियो सार्वजनिक भएसँगै दर्शकहरूले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गर्दै सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् ।

नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय आनन्द कार्कीले यस गीतमार्फत फेरि एकपटक आफ्नो सांगीतिक क्षमता र लोकप्रियता प्रमाणित गरेका छन् । ‘ईटहरीको बजारमा’ आगामी दिनमा नेपाली संगीत बजारमा अझ चर्चित बन्ने अपेक्षा गरिएको छ ।

भर्खरै प्रकाशित

your adv here