19.1 C
Kathmandu
Thursday, October 15, 2026
Homeमनोरन्जनबुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

Date:

सम्बन्धित खबर

मिसेस नेपाल वर्ल्ड २०२६ को ‘द ग्ल्याम नाइट’ सम्पन्न, ग्रान्ड फिनाले कात्तिक १४ मा

मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम...

‘राष्ट्रिय चलचित्र दिवस २०८३’ इनास ग्लोबलद्वारा भर्चुअलरुपमा मनाइयो

लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल...

रमेश पाठकको शब्द, संगीत र स्वरमा ‘हाम्रो माया कहिल्यै छुट्दैन’ सार्वजनिक

काठमाडौं । गायक, गीतकार तथा संगीतकार रमेश पाठकको शब्द,...

जीवन लुइँटेलको शब्द, बिनोद बि.सी.को संगीत र स्वरमा दशैं गीत सार्वजनिक

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै नयाँ...
spot_img

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ । महामेलाको बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए ।

नृत्य निर्देशक संघ नेपाल, रूपन्देही जिल्ला समितिको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा शुक्रबार बुटवलको देवसिद्धचोकस्थित थ्री पोइन्ट गार्डेन प्रालिमा कार्यक्रम  भएको हो ।

आयोजक संस्थाका अध्यक्ष सुन्दर गुरुङले लुम्बिनी प्रदेशका ६ जिल्लासहित प्रदेश बाहिरका ४ जिल्लाका सांस्कृतिक तथा लोकनृत्य समूहहरूको सहभागिता रहेको बताए । उनका अनुसार देशका विभिन्न क्षेत्रका लोकनृत्यहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्दै सांस्कृतिक आदान–प्रदान, आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

महामेलामा पूर्वी नेपालको साकेला नृत्य, राजधानी क्षेत्रको नेवारी नृत्य, पौराणिक ताण्डव नृत्य, मध्य पहाडी क्षेत्रका कौडा र घाँटु नृत्य, तराईको थारू नृत्य तथा पश्चिम नेपालको हुड्के लोक नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए ।

यसका अतिरिक्त बुटवल क्षेत्रका विभिन्न जातीय समुदायका लोकनृत्य तथा केही विद्यालयका सांस्कृतिक समूहहरूको पनि सहभागिता थियाे ।  कार्यक्रममा बिभिन्न क्षेत्रबाट योगदान दिनेहरुलाई समेत सम्मान गरिएको थियो।

भर्खरै प्रकाशित

your adv here