23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeराजनीतिनातावादको राजनीति

नातावादको राजनीति

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

-डा.डिआर उपाध्याय,

काठमाडौं । लामो समय देखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसे पछि देश बन्न सक्दैन । राजनीति भनेको यस्तो पवित्र चिज हो, जहाँ निस्वार्थ रुपमा जनसेवा गरिन्छ । तर नेपालको राजनीतिमा भने त्यस्तो देखिएन । नेपालको राजनीतिमा समाजसेवाको नाममा ब्यापार भएको छ । नेताहरु राजनीतिको नाममा सबै कुरामा सम्पन्न भएका छन ।

जनताको बलमा यति ठूला ठूला परिवर्तन भए, परिवर्तनबाट नेता बने तर जनता जहाँको त्यही छन । राजनीति दल र तिनका नेताहरुले राजनीति नियुक्ति, चुनावका लागी टिकट आदी इत्यादीमा सबै भन्दा बढी प्राथमिकता नातावादलाई दिन्छन । परिवर्तनका लागी लडेका, पार्टीको लागी योगदान दिएका ती नेता कार्यकर्ताहरु ओझेल परेको जस्तो देखिन्छ । जो संग पैसा छ त्यो नै राजनीतिमा हावी भएको छ । लामो समय देखि यस्तो प्रवृत्ति देखिन्छ ।

सत्ता राजनीतिमा राम्रा मान्छेलाई आउन दिइएको छैन । जसले गर्दा देश पछाडी परिरहेको छ । निकै लामो समयदेखि नै देशका जनताले दुख्ख पाइरहेका छन । जनताहरु अभाव र महंगी झेलिरहेका छन । राजनीतिलाई सेवा भनिन्छ। तर, जब कुनै राजनीतिकर्मी सार्वजनिक लाभको पदमा पुग्छ, उ जनताको सेवाभन्दा कमाउने तिर लाग्छ । त्यसो भएर पनि देश बिग्रिएको हो । जनताको सेवाभन्दा ब्यक्तिगत स्वार्थमा नेताहरु चुर्लुम्म डुबे पछि कसको के लाग्छ ? सबै भन्दा पहिला नेताहरु आफू बन्छन त्यस पछि परिवारका सदस्यहरु लाई बनाउछन र त्यसपछि नातागोता, आफन्त र आसेपासे बनाउँछन ।

यो धेरै पहिले देखिको रोग हो । आज संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि नातावादमा लागेका छन । यसरी देश बनाउन सकिदैन । जनतामा असन्तुष्टि बढेर जान्छ । त्यसो भयो भने समस्या आउँछ । राजनीतिमा निष्ठा, इमान्दारीता र सिद्धान्त चाहिन्छ । त्यो पनि हराउँदै गएको छ । तर, आजको राजनीति यसरी बिग्रिएको छ, पैसा बिना उम्मेदवार बन्न डर लाग्छ । राजनीतिमा बेइमानी, धोकाधडी, विचार र कुनै सिद्धान्त नभएकाहरुले जनता अल्मलाईरहेका छन ।

देशले दुःख पाएको यस्तै राजनीतिका कारण हो। लोकतान्त्रिक प्रणालीमा पनि नातावादको राजनीति हावी हुनु भनेको लाज मर्दो कुरा हो । राजनीतिमा नातावाद, परिवारवादको बिरोध गर्नु पर्छ । लोकतन्त्रका लागि हजारौं नेपालीले प्राणको उत्सर्ग गरे । सहिद, घाइते, अपांगता र बेपत्ता पनि बने। के उनीहरुले प्राणको उत्सर्ग गरेको नेताहरु र उनका परिवार बनाउन हो ? मलाई प्रश्न गर्ने मन लाग्यो । उनीहरुले नेता र उनका परिवार मात्र बनाउनका लागि बलिदान र संघर्ष गरेका थिएनन्। देशको भाग्य र भबिश्य बनाउनका लागी बलिदान र संघर्ष गरेका थिए । नेताहरुले यो कुरा बुझेको खै ?

भर्खरै प्रकाशित

your adv here