23.1 C
Kathmandu
Sunday, May 10, 2026
Homeराजनीतिलोकतन्त्र बचाउने भनेको दलहरुले हो

लोकतन्त्र बचाउने भनेको दलहरुले हो

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...
spot_img

-डा.डी.आर.उपाध्याय खनाल,

अब राजनीतिक दलका नेताहरु सच्चिनु पर्छ । लोकतन्त्र बचाउने भनेको दलहरुले हो । दलहरु नमिले सम्म लोकतन्त्र बलियो हुदैन । लोकतन्त्र बलियो बनाउन पनि दलहरु मिल्नु पर्छ । आज देशमा राजनीतिक अबस्था त्यति राम्रो ढंगले चलेको छैन । जनता धेरै निराश अबस्थामा छन । राजनीतिक दलहरुले जनतालाई भ्रममा पारिरहेका छन । अब जनता सचेत हुनु पर्छ आज जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ ।

अहिलेका जनता मुलुक हाँक्ने भएका छन । अब हुने चुनाव मा जनताले आफै फैसला गर्छन । अब मतदाता सचेत हुनु पर्ने आबश्यकता देखिएको छ । अब जनतालाई सचेत र सजग बनाउनु पर्ने बेला आएको छ । राजनीतिक दलहरुले ले मुलुक बनाउने चिन्ता पटक्कै गरेनन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट पाठ सिकेर दलहरु अघि बढनु पर्छ । दल र तिनका नेताहरुले सधैँ नेपाली जनतालाई सोझो सम्झँदै आएका छन् । नेताहरूका भ्रष्ट प्रवृत्तिका बिरुद्ध जनता जाग्नु पर्छ । अब पुरानै तरिकाले मुलुक बन्दैन ।

जनतालाई झुक्याउने दिन पनि गए । देश र जनताको भबिश्य बनाउन दलहरु गम्भिर बन्नु पर्ने हो । त्यो अबस्था अझै देखिएन । आगामी चुनावमा हाम्रा भन्दा राम्रा मान्छे जिताउने अभियान चलाउनु पर्छ । देश बनाउन राम्रा मान्छेको आबश्यकता छ । गलत मान्छे राजनीतिमामा हावी भए भने समस्या आउछ । आज देशमा ठूलो समस्या आएको छ । देशको समस्या समाधान गर्न राम्रा मान्छे चुनावमा जितेर आउनु पर्छ । राजनीतिमा कुरा मात्र बढी भयो ब्यवहारमा कुनै कुरा पनि लागु भएन । नेताहरुले जनता झुक्याउने खेल मात्र भयो ।

सबै नेपाली जनता सचेत र जागरुप नभए सम्म समस्या आइरहन्छ । अब आउने चुनावमा पुराना नेताहरुलाई रोक्ने र नयाँ पुस्ताका युवाहरुलाई जिताउने जिम्मा आममतदातको हातमा छ । मतदाताहरु सचेत हुनु पर्ने बेला अब आएको छ । चुनावमा मतदाताले उचित फैसला गर्नु पर्छ । गलत मान्छेलाई हराउने अभियान मतदाताको हातमा छ । अब कुरा गरेर मात्र हुदैन, ब्यवहारमा देखाउनु पर्ने भएको छ ।

समय र परिस्थितीको सामाना गदै देशको भबिश्य बनाउनु छ । राम्रा उम्मेदवारलाई जिताउनु आम मतदाताको कर्तब्य र दायित्व हो । राम्रा उम्मेदवारले जिते देशले जित्छ । यो नै हाम्रो कर्तब्य हो । मुलुक बनाउन इमान्दार नेताको खाँचो हुन्छ । इमान्दार नेता अझै हामीले पाउन सकेका छैनौं । यो हाम्रो लागी दुरभाग्य हो । समय र माग अनुसार नेता जन्मन सक्छन । यो कुरा हामी बुझनु पर्छ ।

समय र मागलाई नेपाली जनताले पर्खेर बसेका छन । त्यो दिन अबश्य आउने छ । धर्य नै समयको माग हो । हामी समय अनुसार चलेका छौं । आजको युग प्रबिधिको युग हो हो । आज हामी प्रबिधि संग खेलिरहेका छौं । यो हाम्रो भाग्यको खेल हो ।

भर्खरै प्रकाशित

your adv here