19.1 C
Kathmandu
Monday, September 21, 2026
Homeराजनीतिजनता प्रतिनिधि देश प्रति इमान्दार हुनुपर्छ

जनता प्रतिनिधि देश प्रति इमान्दार हुनुपर्छ

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

-डा.डी.आर.उपाध्याय खनाल,

अहिले राजनीतिक दलहरू चुनावको बिषयलाई लिएर ब्यस्त छन । उनीहरु संग कुरा गर्ने फुर्सद नै छैन । आज देश भरी चुनावी प्रचार ब्यापक रुपमा बढी रहेको छ । मंसिर ४ गते चुनाव हुदैछ । निर्वाचनको चटारो सबै दलहरुलाई लागेको छ । अहिले सबै दलहरु चुनावमा नै केन्द्रित छन । जनताको मन जित्नेहरुका लागी यो चुनाव अवसर हो, जनतालाई धोका दिनेहरुका लागी यो चुनाव ठूलो चुनौती हो ।

दलहरु जनता प्रति त्यति गम्भिर भएको देखिएन् । यो ठूलो समस्या हो । देश र जनताको निम्ति राजनीति गर्छु भन्ने हरु नै बेइमान भए । यो नै समस्या हो । जनतामा बिहान बेलुकाको छाक टार्न धौं धौ परिरहेको अबस्था छ । अब मुलुक बनाउन सबै उठ्नु पर्छ । जनताका प्रतिनिधि देश प्रति इमान्दार हुनु पर्छ । जनताका प्रतिनिधि नै बेइमान भए भने देश बिग्रन्छ । आज सत्तारुढ राजनीतिक दलहरू आफ्नै बलबुतामा नभई एक अर्काको बुइ चढेर अघि बढन खोजिरहेका छन । यो राम्रो कुरा होइन , आज निर्वाचनको मैदानमा सबै दलहरु होमिएका छन ।

सत्ता गठबन्धनले राजनीतिक आधार र औचित्य स्थापित गर्न सकेको अवस्था देखिदैन । त्यस कारण पनि गठबन्धन माथि गम्भिर प्रश्न उठेका छन । वास्तवमा चुनावी सत्ता गठबन्धनको राजनीतिक र सैद्धान्तिक आधार नै छैन । यो जनतालाई भ्रम छर्ने खेल हो । चुनावी साझा कार्यक्रम र कार्यनीति सबै जनता झुक्याउने खेल भएका छन । सत्ता गठबन्धनमा कुनै वैचारिक र राजनीतिक कार्यक्रम छैन ।गठबन्धन सरकारले आज सम्म जनतालाई चित्तबुझ्दो जबाफ दिन सकिरहेको अवस्था छैन । दलहरूका यस्ता संकीर्ण स्वार्थ जनताले बुझेका छन ।

जनतालाई चुनावले खासै आशा, उल्लास जगाउन सकेको देखिँदैन । केबल सत्ता नजिक रहेका नेता कार्यकर्ताबीच मात्र चहलपहल बढेको देखिन्छ । अन्य आमसर्वसाधारणमा चुनावी रौनक र उल्लास आएको देखिँदैन । लोकतन्त्रमा निर्वाचन भनेको चहलपहल र उल्लास आउने दिन हो । गठबन्धनको संस्कृति, उम्मेदवारको चयन, समानुपातिक उम्मेदवारका मापदण्ड यी सबै गलत छन । जनतालाई यस चुनावले खासै आशा, उल्लास जगाउन सकेको देखिँदैन । उम्मेदवार चयनका विधि र पद्धतिमा योग्यता क्षमता हेरिएन । पैसा, परिवारवाद नातागोता चाकडी चाप्लुसीको वर्चस्व रह्यो ।

आज चुनावी मुद्दाले जनतामा आशा उल्लास र भरोसा जगाउन सकेको छैन । दलहरुका चुनावी मुद्दा खासै छैनन् । मुद्दाहरु पुरानै छन । जसले पैसा खर्च गर्न सक्यो, उसैले चुनाव जित्छ । अबस्था यस्तो छ । जनताले सबै दलका गतिविधि र नेताहरूका क्रियाकलाप नजिकबाट नियालिरहेका छन् । सामाजिक सञ्जाललगायत विभिन्न सूचनामार्फत आपूmलाई योग्य मतदाताका रूपमा परिभाषित गर्न सक्ने बनाइसकेका छन् ।

अब नागरिक निष्क्रिय रैती मात्र नभई विचार दृष्टिकोण स्पष्ट रूपमा राख्न सक्ने सामथ्र्यमा पुगिसकेका छन् । हरेक दलको राम्रोसँग परीक्षण गरौँ र असल उम्मेदवार छानौँ । जनताको प्रतिनिधित्व भनेको ठूला कुरा हो । आजभोलि राजनीतिका बिषयमा खासै कुरा हुदैन । राजनीति भन्ने कुरा जनतालाई मन पर्न छाडि सकेको अबस्था छ ।

भर्खरै प्रकाशित

your adv here